Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियह्वाइट हाउस बाहिर गोली चलेपछि रोकियो ट्रम्पको प्रेस सम्मेलन

ह्वाइट हाउस बाहिर गोली चलेपछि रोकियो ट्रम्पको प्रेस सम्मेलन


काठमाडौ । ह्वाइट हाउस बाहिर गोली चलेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रेस सम्मेलन केही बेर रोकियो ।

गुप्तचर सेवाका अधिकारीहरूले उनलाई बाहिर गोली चलेकाले केही बेर प्रेस सम्मेलन रोक्न आग्रह गरेका थिए ।

अमेरिकी राष्ट्रपति भवन बाहिर सशस्त्र गुप्तचर सेवाका प्रहरीहरू गस्ती गरिरहेका थिए । सोमबार अपरान्ह पत्रकारहरूलाई प्रेस सम्मेलन स्थल छोड्न भनियो ।

पत्रकार सम्मेलन फेरि शुरू भएपछि ट्रम्पले भने “ बाहिर गोली चलिरहेको थियो ।” उनले गुप्तचर सेवालाई शीघ्र कारबाहीका लागि धन्यवाद दिँदे यस्तो भने ।

अमेरिकाको मिनेसोटामा अश्वेत अमेरिकी जर्ज फ्लोडको प्रहरी जवानद्वारा हत्या गरिएयता त्यहाँ प्रहरी विरोधी प्रदर्शनहरू भइरहेका छन । राजधानी वासिंटनमा हालका महिनामा बन्दुक हिंसाका घटनाहरू बढेका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस