भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोरोना संक्रमित
नयाँदिल्ली, २६ साउन । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको जानकारी गराएका हुन् । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड–१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा उल्लेअ गरेका छन् ।
पूर्व राष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कारोनाको परीक्षण गराउन समेत आग्रह गरेका छन् ।
पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । आइतबार मात्र ६२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या २२ लाख नाघेको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #Corona,
#hot