Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

प्लास्टिक विस्थापित गर्न वैज्ञानिकहरूले आफै कुहिएर जाने चप्पल बनाए


काठमाडौ । समुद्रमा प्लास्टिकबाट बनेका हानिकारक वस्तुको प्रवेश समाप्त पार्ने उद्देश्यले आफै कुहिएर जाने वस्तुको प्रयोगबाट चप्पल बनाउने भएका छन । अल्गि नामक वनस्पतिको प्रयोगबाट यस्तो वस्तुको निर्माण गरेका छन ।

उनीहरूले पोलिउरेथेन फोम अल्गिको तेलबाट निर्माण गरेका छन । यो फोमको व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिन्छ । यसबाट प्लास्टिकले बनेका चप्पल जुत्तालाई विस्थापित गरिनेछ । जुत्ता चप्पलको निर्माण सस्तो हुने अपेक्षा गरिएको छ । यसबाट समुद्रमा प्लास्टिकको प्रवेशमा कमी आउने र त्यहाँका जलचरको जीवनका लागि स्वस्थ्य वातावरणको निर्माण हुनेछ ।

यो वस्तु माटोमा मिलेर १६ साता आफै समाप्त हुनेछ । यसको अर्थ यो समुद्रमा डुबेर जाँदा आफै टुक्रिनेछ । यो फोमले जुत्ता चप्पल र ओछयानमा प्रयोग हुने वस्तुको निर्माण गर्न सकिन्छ ।

क्यालिफोर्निया सान डिएगो युनिभर्सिटीका स्टिफन मेफिल्डले प्राकृतिकरूपमा वातावरणमा आफै कुहिएर जाने यो फोमको व्यावसायिक गुणस्तर निर्माण गरिएको बताए ।

गत ५० वर्षमा मानिसहरूले प्लास्टिकबाट बनेका वस्तुको फोहर ६ अर्ब मेट्रिक टन भन्दा बढी उत्पादन गरेका छन ।

यस्ता प्लास्टिक फोहरमा ९ प्रतिशतलाई मात्र पुनप्र्रयोग गरिए १२ प्रतिशतलाई खरानी पारिए ७९ प्रतिशत भूमिमा गाडिए ।
हिन्द महागासरका टापूहरूबाट समुद्रामा मिसिने प्लास्टिकका वस्तुहरूमा जुत्ता चप्पल २५ प्रतिशत हुने गरेको मेफिल्डले बताएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट