Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियगान्धीको भनिएको चश्माको मूल्य १९ हजार डलर बढी हुने

गान्धीको भनिएको चश्माको मूल्य १९ हजार डलर बढी हुने


काठमाडौ । भारतीय स्वतन्त्रताका अगुवा नेता महात्मा गान्धीको भनिएको चश्माको १९ हजार अमेरिकी डलर बढीमा डाक बढाबढ हुने भएको छ । पुराना बहुमूल्य वस्तुको डाकलिलाम हुने ठाउँ अक्सन हाउसको पत्र मञ्जुषामा यो चश्मा करिब चार साता अघि फेला परेको थियो ।

दक्षिण पश्चिम इंग्ल्यान्डको ब्रिस्टल औद्योगिक क्षेत्रमा रहेको अक्सनर एन्डी स्टोले चार साता अघिको एक सोमबार बिहान लेटर बक्समा भएको खाम खोले । उनले त्यसमा सुनौलो रंगको गोलो आकारको चश्मा फेला पारे ।

त्यो चश्मासँग केही लेखिएको पत्र थियो । पत्रमा भनिएको छ “ यो गान्धीको चश्मा मेरा अंकलले हामीलाई दिएका थिए ”

अक्सन हाउसका स्टोले पत्रमा लेखिएको फोन नम्बरमा फोन गरे । त्यो बृद्ध मानिस त्यही क्षेत्रमा बस्ने गरिरहेका छन । दक्षिण अफ्रिकामा गान्धी रहेका बेला तिनका अंकल ब्रिटिश पेट्रोलियममा काम गरिरहेका थिए । गान्धीका लागि केही राम्रो काम गरेकाले त्यो चश्मा गान्धीले अंकललाई उपहार दिएको हुन सक्ने विश्वास गरिन्छ ।”

त्यसपछि स्टोले त्यस चश्माबारे थप अनुसन्धान गरी त्यसको मूल्य निर्धारण गरे । यो चश्माको मूल्य १३ हजार देखि १९ हजार ५सय अमेरिकी डलर भित्र यसको मूल्य हुने उनले जनाए ।

चश्माको समयअवधि र कथाले यो गान्धीको चश्मा हुन सक्ने दर्शाउँछ । त्यो चश्मा पठाउने व्यक्ति ८० वर्ष उमेरका छन । यस किसिमको कथा बुन्ने काम उनको होला भन्नेमा विश्वास गर्न नसकिने स्टोको विश्वास छैन ।

यदि यो गान्धीको चश्मा भएको अर्थ राख्दैन नभने यसलाई फोहरको थुप्रोमा फालि दिन भनेका छन । यो चश्मा अगस्ट २१मा लिलामीमा राखिनेछ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस