काठमाडौ । अमेरिकी नागरिकता त्याग गर्नेहरूको संख्या निरन्तर बढन थालेको छ । आइतबार सार्वजनिक गरिएको एक नयाँ अनुसन्धानमा नागरिकता त्याग गर्नेहरूको संख्यालाई एक रेकर्डको रूपमा कायम गरिएको छ ।
सन् २०२०को पहिलो ६ महिनामा ५ हजार ८सय भन्दा बढी अमेरिकी नागरिकहरूले नारिकता त्याग गरेका हुन । सन् २०१९मा नागरिकता त्या गर्नेहरूको संख्या २ हजार ७२ जना रहेको बाम्ब्रिज एकाउन्टयान्टसले जनाएको छ ।
यो प्रतिष्ठानले अमेरिकी सरकारले हरेक तीन महिनामा सार्वजनिक गर्ने गरेको डेटा विश्लेषण गरी यस्तो नतिजा निकालेका हुन । यसमा नागरिकता त्याग गर्नेहरूको नामवली समेत रहेको छ ।
अमेरिकाको विद्यमान राजनीतिक गतिविधिका कारण अमेरिकाबाट जान लागेको उनीहरू मध्येका अधिकांशले खुलाएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस महामारीसँग जुध्ने विषयमा गरेका कमजोरीका कारण र राजनीतिक नीतिका कारण अमेरिकीहरूले देश छोड्न लागेको बताएका हुन ।
विदेशमा बसिरहेका अमेरिकीहरूले अझ हरेक वर्ष उनीहरूको विदेशी बैंक खातामा ,लगानी खातामा र पेन्सन खातामा कर प्रतिफल आउने गरेको छ ।
देशमा नरहेका नागरिकता त्याग्ने अमेरिकीहरूलाई २ हजार ३सय ५० अमेरिकी डलर भुक्तानी उही देशको अमेरिकी दूतावासमा जम्मा गर्नु पर्छ ।
अमेरिका त्याग्ने प्रवृति बढ्ने बाम्ब्रिजले पूर्वानुमान गरेको छ । धेरै मानिसहरूले नोभेम्बरमा हुने निर्वाचनको परिणामलाई पर्खिरहेका छन् । अमेरिकी ट्रम्प जिते अमेरिका त्यग्नेको लहर बढने अनुसन्धानकर्ताहरूको पूर्वानुमान रहेको सीएनएनले जनाएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking