Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोभिड–१९ बिरामीको उपचार गरिने भारतको एक होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु

कोभिड–१९ बिरामीको उपचार गरिने भारतको एक होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु


काठमाडौ । भारतको आन्ध्रप्रदेशस्थित कोभिड–१९ बिरामीको उपचारि गरिने एक होटलमा आगलागी हुँदा ७ जनको मृत्यु भएको त्यहाँको प्रहरी जनाएको छ ।

रोयटर्सले प्रहरीलाई उल्लेख गरी सार्वजनिक गरेको समाचारमा भीषण आगलागीमा फसेका र घाइतेहरूको उद्धार गर्ने काम भइरहेको छ । आगलागी नियन्त्रणमा लिइएको प्रहरी कन्ट्रोल रुमका एक प्रहरीले यस्तो जनाएको उल्लेख छ ।

भारतका गृहमन्त्री अमित शाहले विजयवाडामा भएको सो घटनाबारे गहिरो दुख व्यक्त गर्दै ट्विटरमा उल्लेख गरेका छन् ।
गत साता पश्चिमी शहर अहमदाबादस्थित एक नीजी अस्पतालको आइसीयुमा आगलागी हुँदा कोभिड –१९का ८ जनाको मृत्यु भएको थियो ।

प्रदेश मुख्यमन्त्री जगन मोहन रेड्डीले होटलमा भएको आगलागीको अनुसन्धान गर्न अधिकारीहरूलाई निर्देशन दिएकाछन् ।
२२ जना बिरामीलाई उपचार गरिएको सो ठाउँमा बिहान ५बजेतिर आगलागी भएको जनाइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस