Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियतीन नवजात शिशु जोगाउने नर्स बनिन बेरूतमा ‘नेशनल हिरो’

तीन नवजात शिशु जोगाउने नर्स बनिन बेरूतमा ‘नेशनल हिरो’


काठमाडौ । गत मंगलबार ध्वंसकारी तथा प्राणघाती बिस्फोटनमा परेका बेला बेरूतको एक अस्पतालमा काम गरिरहेकी नर्सनले तीन नवजात शिशुलाई जोगाउँर्दा ‘ नेशनल हिरो’को रूपमा उनको चर्चा हुन थालेको छ ।

सेन्ट जर्ज हस्पिटल युनिभर्सिट मेडिकल सेन्टरको आइसीयुमा जन्मेका तीन नवजात शिशुलाई बिस्फोटनका बेला जोगाएकी हुन । पामेला जिनोनले तीन शिशुलाई जोगाएको दृश्य फोटो पत्रकार बिलाल जाविचले खिचेर भाइरल बनाइ दिए ।

बेरूत बन्दरगाहमा भएको सो विस्फोटनबाट आधा शहर समाप्त भएको छ । बिस्फोटन भएका बेला उनले शिशुलाई बोकेर एक किलोमिटर टाढा पुगेकी थिइन । यो अस्पताल बेरूतको पुरानो र सुविधा सम्पन्न अस्पताल मध्ये एक हो ।

आइसीयुमा भर्ना भएका शिशुलाई हेर्ने अभिप्रेरणा आफूमा आएको उनले बताइन । उनले घटना सम्झिदै भनिन“ जब मैले आँखा खोले आफूलाई भग्नावेशमा चेपिएको पाए । उठेर आफूलाई हेरेर नर्स उपचार कोठा तिर पुगे । मेरा सहकर्मीहरू रगतमा लतपतिएर पल्टिएको देखे ।”

भाग्यले ती शिशुहरू सुरक्षित भएको देखेर तिनलाई लिएर म बाहिर पुगे ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया दिनुहोस