सम्झौतामा ढिलाइ हुँदा ट्रम्पले कार्यकारी आदेश प्रयोग गरी ल्याए कोभिड–१९ राहत प्याकेज
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिले प्रयोग गर्न पाउने अधिकारको प्रयोग गरी कोभिड–१९ महामारी राहत प्याकेज ल्याएका छन ।
सदनमा रहेका सत्तापक्ष र प्रतिपक्षबी यससम्बन्धी सम्झौता हुन ढिलाइ भइरहेको देखेर ट्रम्पले यो राहत प्याकेज ल्याएका हुन ।
ट्रम्पले यसको खुलासा न्युजर्सी गोल्फ क्लबमा आयोजित एक प्रेस सम्मेलनमा गरे । वर्षमा १ लाख भन्दा कम आम्दानी हुने अमेरिकीहरूको तलब भुक्तानीमा लाग्ने कर ‘पेरोल ट्याक्स’ कटौती गर्ने आदेश पहिलो छ ।
दोस्रो आदेश कामबाट निकाल्न नपाउने आदेश हो । तेस्रो बेराजगारलाई एक साताका लागि ४ सय अमेरिकी डलर बराबरको बेरोजगार सुविधा प्राप्त हुनेछ ।
साथै ट्रम्पले विद्यार्थी ऋण भुक्तानीमा कठिनाइ हुँदा लाग्ने ब्याज अनिश्चितकालसम्मका लागि मिनहा गरिने बताए ।
दुई सातादेखि सदनका दुई पार्टीबीच सहमति जुटन ढिलाइ भएपछि ट्रम्पले यो राहत प्याकेज लिएर आएका हुन । यसअघि ट्रम्पले डेमोक्रेट्ले राहत प्याकेजलाई बन्धक बनाउन खोजेको आरोप लगाएका थिए ।
अमेरिकामा कोरोनाभाइरसबाट १लाख ६० हजार मानिसको मृत्यु भइसकेको छ भने धेरै उद्योग बन्द भइ राज्यहरू लकडाउनमा रहेका छन
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking