Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियराजनीतिक गतिविधिमा मास्क नलगाए पनि हुने ट्रम्पको भनाइ

राजनीतिक गतिविधिमा मास्क नलगाए पनि हुने ट्रम्पको भनाइ


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक गतिविधि र शान्तिपूर्ण प्रदर्शनमा मास्क नलगाए पनि हुने बताएका छन ।

न्युजर्सीमा आयोजित एक प्रेस सम्मेलनमा राष्ट्रपति ट्रम्पलाई त्यहाँ उपस्थित दजर्नौ मानिसले राज्यद्वारा जारी स्वास्थ्य निर्देशिकाको पालना नगरेको भनी प्रश्न सोध्दा उनले यस्तो बताए ।

उनले त्यहाँ उपस्थित भीडले ‘फेक न्युज’ विरूद्धको प्रदर्शन गरी रहेको बताए ।

पत्रकारले सोधेको त्यो प्रश्नको जवाफमा ट्रम्पले भने “ उनीहरूलाई त्यसो गर्नु आवश्यक छैन । यो एक राजनीतिक गतिविधि हो । यस विषयमा तपाईँले उठाएको प्रश्न गलत हो । किनकि यो एक राजनीतिक गतिविधि हो ।”

ट्रम्पले भने “ देशको प्रेस इमानदार भएको भए, यो भ्रष्ट नभएको भए , यो गलत नभएको भए हाम्रो देश धेरै अगाडि बढेको हुने थियो ।”


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस