Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोभिड–१९को पहिलो खोप रूसले बनायो, अर्को साता दर्ता गरिने स्वास्थ्य मन्त्रालयको भनाइ

कोभिड–१९को पहिलो खोप रूसले बनायो, अर्को साता दर्ता गरिने स्वास्थ्य मन्त्रालयको भनाइ


काठमाडौ ।कोभिड–१९को पहिलो खोप रूसले बनाएको छ । रूसको गामेली सेन्टरले अगस्ट १२मा दर्ता गराउने रूसको उपस्वास्थ्यमन्त्रीले यसको खुलासा गरेका छन् ।

ओलग ग्रिदनेभले स्वास्थ्य कार्यकर्तालाई यस्तो बताएका छन् । यो खोपका लागि बृद्धहरूलाई प्राथमिकतामा राखिने उनले जनाए ।

गत साता मिखाइल मुराशाकोले राष्ट्रिय व्यापी खोप अभियान अकोक्टोबरबाट शुरू गरिने घोषणा गरेका थिए । यो खोपको खर्च सबै सरकारले बेहोर्ने समेत उनले जनाएका थिए ।

यो खोपको सबै परीक्षण सकी दर्ता गराउने मिति अगस्ट १२लाई राखिएको ग्रिदनेभले पत्रकारहरूलाई बताए ।

गामेली सेन्टरले खोपको दर्ताका लागि चाहिने सबै कागजात उपलब्ध गराउने छ । यसमा क्लिनिकल परीक्षण सम्बन्धी सबै डेटाहरू समावेश हुन्छन ।

खोप दर्ता विधि यसका लागि गरिने सबै परीक्षणको परिणाम समावेश गरिनुपर्ने हुन्छ ।क्लिनिकल ट्रायल मस्कोको सेचेनोभ युनिभर्सिटीमा जुन १८ देखि शुरू भएको थियो ।

यसमा ३८ जना स्वयम सेवीहरू सहभागी भएका थिए । परीक्षणका क्रममा संक्रमणका विरूद्ध प्रतिरोधी क्षमताको विकास भएको पाइएको छ ।

रूसको परीक्षण विधि प्रति पश्चिमाहरूले आंशका व्यक्त गरिरहेका बेला सेचेनोभका एक शीर्ष वैज्ञानिक भादिम तारासोभले यो परीक्षण विधिको विकास विगत २० वर्षदेखि गर्दै आएको बताए ।

यो भाइरस संक्रमणको प्रक्रिया पत्ता लगाउने विषयमा रूस २० वर्ष देखि अध्ययन गर्दै आएको हो ।

कोरोना संक्रमणका आधारमा रूस ११औं ठूलो संक्रमितहरूको देश बनेको छ ।रूसको खोप बनाउने विधि एडेनोभाइरसको आधारमा तय गरिएको छ ।

कोभिड–१९को खोपको विकास अन्य देशले पनि गरिरहेका छन् । बेलायत र अमेरिका त्यसमा प्रमुख रहेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #Corona, #corona vaccine, #hot

तपाईको प्रतिक्रिया दिनुहोस