Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पद्वारा टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर

ट्रम्पद्वारा टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ एप टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउने लक्ष्यसहित ल्याइएका दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आगामी ४५ दिनमा ती आदेशहरू लागू हुनेछन् ।
यसर्थ, अब सबै अमेरिकी कम्पनीले ती चिनियाँ एप सञ्चालन गर्ने कम्पनीसँग आफ्नो कारोबार बन्द गर्नुपर्नेछ । ट्रम्पले अमरिकाको राष्ट्रिय सुरक्षाका लागि यस्तो निर्णय लिनुपरेको दाबी गरेका छन् । माइक्रोसफ्टले अमेरिकामा सञ्चालन गर्ने गरी टिकटक किन्न वार्ता गरिरहेका बेला यस्तो निर्णय भएको हो ।

ट्रम्पले त्यसका लागि सेप्टेम्बर १५ सम्मको समय सीमा तोकिदिएका थिए । यसबाट चीन र अमेरिकाबीच प्रविधिको क्षेत्रमा थप विवाद बढेको देखिन्छ । चिनियाँ कम्पनी बाइटडान्टको स्वामित्वमा भएको छोटो भिडियो सेयर गरिने टिकटक र टेन्सेन्ट कम्पनीले सञ्चालन गरेको सन्देश पठाउने वीच्याटलाई लक्षित गरी जारी गरिएको कार्यकारी आदेश ट्रम्प प्रशासनले चीनविरुद्ध चालेको पछिल्लो कदम हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस