Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंकामा राजपाक्षे फेरि सत्तामा

श्रीलंकामा राजपाक्षे फेरि सत्तामा


काठमाडौ । श्रीलंकामा सम्पन्न भएको मतदानको मतगणनाको अन्तिम नतिजा आउन अघिको अवस्थाका आधारमा राजपाक्षे परिवारको नेतृत्वमा रहेको श्रीलंका पिपुल्स पार्टीलाई धेरै बहुमत प्राप्त हुने देखिएको छ ।

आधिकारिक परिणाम सार्वजनिक हुन अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सँगै काम गर्ने भन्दै श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई शुभकामना दिएका छन् ।

शुक्रबार कुनै बेला औपचारिक घोषणा हुन सक्ने मतदान परिणाम अनुसार सम्पन्न भएको २२५ स्थानमा १५० बढी श्रीलंका पिुपुल्स पार्टीको गठबन्धनलाई प्राप्त हुने देखिएको हो ।

सरकार बनाउन राजपाक्षेलाई ११३ सिट मात्र आवश्यक हुनेछ । तर दुई तिहाइ मत प्राप्त भए राष्ट्रपतिको अधिकारलाई बढाउने गरी संशोधन गर्न सकिने अपेक्षा गरिएको छ ।

तमिल बहुल्य जाफना क्षेत्रमा तमिल नेशनल एलाइन्सलाई पराजित गरेको छ । राष्ट्रपति गोटबाया राजपाक्षे प्रधानमन्त्री महिन्दा राजपाक्षेका भाइ हुन ।

राजपाक्षेत्रको पार्टीको प्रतिस्पर्धामा सजित प्रेमदासा नेतृत्वको एजजेबी पार्टीले टक्कर दिएको छ । यो सबैभन्दा पुरानो पार्टी युनाइटेड नेशनल पार्टीबाट छुट्टिएर बनेको थियो ।माक्र्सवादी पार्टी जेभीपीले युएनपी भन्दा राम्रो प्रदर्शन गर्ने देखिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस