Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसाउदीका युवराज सलमानले पूर्व निर्वासित गुप्तचर अधिकारीलाई मार्न खोजेको दाबी

साउदीका युवराज सलमानले पूर्व निर्वासित गुप्तचर अधिकारीलाई मार्न खोजेको दाबी


काठमाडौ । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले त्यहाँको गुप्तचर विभागका एक पूर्व उच्च अधिकारीको हत्या गर्न खोजेको अमेरिकाको एक अदालतमा दायर मुद्दाको कागजातमा उल्लेख गरिएको छ ।

युवराज सलमानले सन् २०१८मा ती अधिकारीको हत्या गर्न एक हत्यारा टोलीलाई क्यानाडा पठाएको तर त्यो टोलीको प्रयास क्यानाडाका अधिकारीहरूले विफल पारेको उल्लेख छ ।

अधिराजकुमार मोहम्मद सबन नाएफका लामो समय सहयोगी रहेका साद अल जाब्रीले यस्तो भनेका छन् ।

सन् २०१७मा साउदी अरबमा भएको सत्ता पलटका क्रममा नाएफलाई युवराजको क्रमबाट हटाएर सलमान युवराज बन्न पुगे । अमेरिकाको सहयोगमा सलमानले साउदी अरबको सत्ता सम्हाल्न पुगे ।

जाब्रीले संवेदनशील दस्तावेज प्राप्त गरेपछि उनलाइ साउदी युवराजबाट हुने भय दोब्बर हुन पुगेको हो ।

१०७ पेजको मुद्दामा जाब्रीले सन् २०१८को अक्टोबरमा आफूलाई मार्न क्यानाडामा सलमानले टोली पठाएको भनेका छन् । यो मुद्दा कोलम्बिया जिल्ला अदालतमा दायर गरिएको छ ।

यसबार साउदी सरकारी मिडिया र ओटावास्थित साउदी दूतावासले कुनै टिप्पणी गर्न उपलब्ध हुन नसकेको समाचारमा जनाइएको छ ।

इस्तानबुल साउदी महावाणिज्यदूतावासमा पत्रकार जमाल खाशोग्गीको हत्याको आरोप पनि युवराज सलमानमाथि लगाइएको छ ।

अमेरिकी गुप्तचर संस्था सिआइएले पत्रकार खाशोग्गीको हत्या गर्न युवराज सलमानले आदेश दिएको हुन सक्ने विश्वास गरेको विषय अमेरिकी सरकारका स्रोतहरूको भनाइ रहेको छ ।

जाब्रीका परिवारले युवराज सलमानले उनका दुई वयस्क सन्तान र भाइलाई हिरासतमा लिएका छन् । जाब्रीलाई साउदी फर्काउनलागिका उनीहरूलाई हिरासतमा लिइएको हो ।

जाब्रीले आफू लामो समयदेखि अमेरिकी गुप्तचर सेवाका लागि काम गरेको भन्दै अमेरिकामा यो मुद्दा दिएको बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस