Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानको आग्रहमा भारतले काश्मिर कब्जा गरेको विषयमा सुरक्षा परिषदको बैठक

पाकिस्तानको आग्रहमा भारतले काश्मिर कब्जा गरेको विषयमा सुरक्षा परिषदको बैठक


काठमाडौ ।भारतले काश्मिर कब्जा गरेको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा आकस्मिक बैठक बसेको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीको पहलमा यो बैठक बसेको भनिएको छ ।

भारतले गत वर्ष ५ अगस्टका दिन जम्मु काश्मिरलाई दिइएको विशेषाधिकार भारतको संविधानबाट हटाइ दिएर कब्जा गरेको थियो ।

पाकिस्तानी विदेशमन्त्री कुरेसीले काश्मिरको आत्मनिर्णयको अधिकारलाई राष्ट्रसंघीय रिसलुसनको आधारमा गर्नुपर्ने बताएका छन् ।

यो बैठकका लागि सुरक्षा परिषदको स्थायी सदस्य चीनले महत्वपूर्ण भूमिका खेलेको छ ।

सुरक्षा परिषदका सबै १५ सदस्यका प्रतिनिधिहरूको उपस्थितिमा इन्डोनेसियाका राजदूत डियान ट्रियान्सिया दजानीले बैठकको अध्यक्षता गरेका थिए ।

पाकिस्तानी विदेशमन्त्री कुरेसीका अनुसार भारतले काश्मिर कब्जा गरेको विषयमा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको र त्यसलाई अवैध अधिग्रहण भनेको छ । पाकिस्तानले यसलाई स्वागत गरेको उनले जनाए


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस