टिकटकको पहिलो युरोपियन डेटा सेन्टर आयरल्यानडमा
काठमाडौ । चिनियाँ स्वामित्वमा रहेको टिकटक कम्पनीले आफ्नो युरोपियन डेटा सेन्टर आयरल्यान्डमा स्थापना गर्ने घोषणा गरेको छ ।
टिकटकले ५० करोड अमेरिकी डलर बराबरको खर्चमा बन्ने यो डेटा सेन्टर सन् २०२०मा सञ्चालनमा आउने अपेक्षा गरेको छ ।
युरोपियन उपभोक्ताहरूले प्रयोग गरी बनाएका लघु भिडियोको भन्डारणलगायतका अन्य डेटा यो केन्द्रमा भण्डारण गरिने छ । अहिलेसम्म सबै प्रकारका रेकर्डहरू अमेरिकामा भण्डारण भइरहेको छ ।त्यसको ब्याकअप कपी सिंगापुरमा हुन्छ ।
कम्पनीका अधिकारीहरूले यो सेन्टर निर्माण योजना धेरै अघि बनेको बताएका छन् ।टिकटक युरोपमा १ हजार बढी कामदार छन् । ती मधये ब्रिटन र आयरल्यान्ड गरी ८सय भन्दा बढी रहेका छन् ।
टिकटकको माउ कम्पनी बाइटडान्सले पनि युरोपको प्रधानकार्यालय आयरल्यान्डमा लान सक्ने निर्णय गर्न सक्ने देखिएको छ ।
विश्वभर सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लेटफर्मको रूपमा परिचित टिकटक विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले अभियान छेडेका छन ।
अमेरिकीहरूको डेटा टिकटकले चिनियाँ सरकारलाई पठाइरहेको आरोप ट्रम्पको रहेको छ । टिकटकले यो आरोप अस्वीकार गरेको छ ।यसैबीच माइक्रोसफ्टले टिकटक किन्ने घोषणा गरेको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking