Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमंगोलियाले मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न ११.३ टन सुन किन्यो

मंगोलियाले मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न ११.३ टन सुन किन्यो


उलानबटोर स् मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो ७ महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ । मंगोलियामा ९ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

बैंकका अनुसार मंगोलियामा यस वर्षको पहिलो ६ महिना अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर सञ्चिति रहेको छ । विश्वका सबैजसो केन्द्रीय बैंकहरुले आफ्नो विदेशी मुद्रा सञ्चिति बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया दिनुहोस