Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

चीनको आलोचना कोभिड–१९को असफलता लुकाउने पश्चिमाहरूको मुकुन्डो


काठमाडौ । कोभिड–१९को विषयलाई लिएर पश्चिमाहरूले गर्ने गरेको चीनको आलोचना उनीहरूको असफलताको लाज लुकाउने मुकुन्डो भएको विश्व प्रसिद्ध चिकित्सासम्बन्धी पक्रिका द ल्यान्सेटका प्रमुख सम्पादक डा. रिचार्ड होर्टोनले बताएका छन् ।

डा. होर्टोनले बेलायती अखबार द गार्डियनमा सार्वजनिक गरेको विचारआधारित आलेखमा भनेका छन् “ चीन विरोधी भावनाको विद्यमान प्रवाहले दुखद, नश्लवादी र चीनभयबाट भयभित हुने रोगको विकास गराइ अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतरा उत्पन्न गरेको छ ।”

भूराजनीतिक तनावको विद्यमान अवस्थामा व्यक्तिगत र संस्थागत सम्बन्धहरूलाई कमजोर नभइ निसन्देह बलियो बनाउनुपर्ने आवश्यकता भएको जनाउँदै उनले मानिस मानिसबीचको समझदारीलाई झन राम्रो पार्नुपर्ने बताए ।
कोभिड–१९ महामारी विरूद्ध चीनले अपनाएका विधिहरूको उनले प्रशंसा समेत गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट