बेरूतको प्राणघाती बिस्फोटनबाट २ लाख बढी घरवार विहीन भए
काठमाडौ । लेबनानको राजधानी बेरूतमा मंगलबार भएको बिस्फोटनबाट दुईलाख बढी मानिस घरवार विहीन हुने गरी ठूलो धनजनको क्षति भएको छ ।
गभर्नर मारवान अब्बुदले मंगलबार भएको बिस्फोटनबाट आधा शहर क्षतिग्रस्त भएको बताए ।
बिस्फोटनबाट घरवार विहीन भएकालाई तत्काल खाना पानी र बासको आवश्यकता आइपुगेको छ । प्रारभ्कि अनुमान अनुसार यो क्षेति ३ अर्ब देखि ५ अर्ब अमेरिकी डलरबीच हुन सक्ने देखिएको छ ।
दशकौदेखि चरम आर्थिक संकटबाट गुज्रिरहेको यो बिस्फोटनले लेबनानलाई थप समस्यमा पारेको छ ।
२७५० टन अमोनियम नाइट्रेट बिस्फोटन भएको भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । यो रसायन मलखाद र बिस्फोटक पदार्थ बनाउन प्रयोग गरिन्छ ।बिस्फोटनबाट मर्नेको संख्या कम्तीमा १ सय पुगेको र यो संख्या बढन सक्ने देखिएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking