इन्डो प्यासिफिक विवाद चीन अमेरिकाले समाधान गर्नु पर्ने अस्ट्रेलियाको आग्रह
काठमाडौ । इन्डो प्यासिफिक विवादलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गरी चीन र अमेरिका दुबैले विशेष जिम्मेवारी लिएर शान्तिपूर्ण समाधान गर्नुपर्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।
इन्डो प्यासिफिक गठबन्धन निर्माण गर्नु अस्ट्रेलियाको महत्वपूर्ण प्राथमिक विषय भएको बताउँदै प्रधानमन्त्री मोरिसनले यस्तो बताएका हुन ।
यस क्षेत्रमा भइरहेको सैनिकीकरण प्रति चिन्ता व्यक्त गर्दै समान दृष्टिकोण भएका बीच इन्डो प्यासिफिक गठबन्धन निर्माण गर्नु अस्ट्रेलियाको आवश्यकता भएको उनले जनाए ।
रणनीतिक रूपमा अहिले इन्डो प्यासिफक क्षेत्र केन्द्र भएको र यसले तनाव बढदै गएको उनले द एस्पेन सेक्युरिटी फोरममा सम्बोधन गर्दै बुधबार बताए ।
गत महिना अस्ट्रेलियाले रक्षामा चालीस प्रतिशत खर्च आगामी दस वर्षसममका लागि बढाउने जनाएको थियो ।
त्यो खर्च इन्डो प्यासिफिक क्षेत्रलाई ध्यान दिएर गरिनेछ । यस क्षेत्रमा चीन र अस्ट्रेलियाले प्रभाव जमाउने प्रतिस्पर्धामा रहेको देखिएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking