Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसोभियतसंघ मित्र रहेका बेला उसलाई सखाप पार्ने अमेरिकी योजना

सोभियतसंघ मित्र रहेका बेला उसलाई सखाप पार्ने अमेरिकी योजना


काठमाडौ । रूस मित्र रहेका बेला उसलाई सखाप पार्न अमेरिकाले २०४ परमाणु बमको प्रयोग योजना बनाएको थियो ।

दोस्रो विश्वयुद्धका बेला तत्कालीन सोभियत संघ अमेरिकाको मित्र शक्ति थियो । म्यानहटन परियोजनामा अमेरिका र सोभियतसंघ मित्र थियो ।

सन् १९४५को मध्य सेप्टेम्बरमा जापानले समर्पण गरे पछि अमेरिकाले सोभियत संघका ६६ महत्वपूर्ण शहरहरूमा परमाणु बम प्रयोग गरी सखाप पार्ने योजना बनाएको थियो ।

अमेरिकी रक्षामन्त्रालयको टेबुलमा अझ पनि परमाणु युद्धको खाका रहेको छ । रूस ,चीन , उत्तर कोरिया र इरान विरूद्ध परमाणु युद्ध गर्ने खाका अमेरिकी रक्षामन्त्रालयको टेबुलमा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘फायर एन्ड फरी’ अन्तर्गत रक्षामन्त्रालयले परमाणु युद्धको योजना तय गरेको हो ।

अमेरिकाका पूर्व राष्ट्रपति ओबामा अन्तर्गत १२ खर्ब अमेरिकी डलर प्लसको परमाणु हातहतियार कार्यक्रम पहिलो पटक शुरू गरिएको थियो ।त्यो अहिले पनि जारी छ ।

माइकेल चोसुदोभ्स्कीले सेप्टेम्बर १५ ,१९४५मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सोभियत संघलाई सखाप पार्ने योजना बनाएको गुप्त दस्तावेज सार्वजनिक गर्दै यस्तो बताएका हुन ।

त्यो दस्तावेज अनुसार पेन्टागनले त्यतिखेर सोभियत संघका सबै प्रमुख शहरलाई तारो बनाएको थियो । जस अनुसार मस्को, लेनिनग्राड, ताशकेन्ट, किभ, खारकोभ, ओदेसालाई सखाप पार्न ६ परमाणु बम चाहिएको थियो । त्यस अनुसार ६६ रणनीतिक लक्ष्य पेन्टागनले बनाएको थियो ।

यसरी बनाएको योजना अनुसार तत्कालीन सोभियत संघलाई विश्वको नक्शाबाट समाप्त पार्न २ सय ४ परमाणु बमको आवश्यता थियो ।

हिरोसिमामा खसाइएको पहिलो परमाणु बलमे तत्काल पहिलो ७ सेकेन्डमा १ लाख मानिसको मृत्यु भएको थियो । यसको आधारमा २०४ परमाणु बलमे कस्तो विनाश निम्त्याउने कल्पना सम्म गर्न सकिदैन ।

यो कुरोको जानकारी स्टालिनलाई म्यानहटन परियोजनाका ह्यारी ट्रम्यानबाट प्राप्त भयो । पोस्टडयम सम्मेलनमा हिरोसिमानमा परमाणु आक्रमण गर्न दुई साता अघि जुलाई २४, १९४५मा गएका बेला यो जानकारी स्टालिनलाई भयो ।

म्यानहटन परियोजना १९३९मा शुरू गरिएको थियो । अमेरिका विश्व युद्ध दोस्रोमा सामेल हुन दुई वर्ष अघि यो परियोजना शुरू गरिएको थियो । अमेरिका डिसेम्बर १९४१मा विश्वयुद्ध दोस्रोमा समावेश भएको थियो ।

गुप्त परियोजनाको बारेमा १९४२देखि क्रेमलिन पूर्ण सतर्क थियो । हिरोसिमा र नागासाकीमा पेन्टागनले परमाणु आक्रमण गरेपछि सोभियतसंघलाई ध्वस्त पार्ने योजना अमेरिकाले बनाएको थियो । सेप्टेम्बर १५ , १९४५मा जापानले समर्पण गरेको दुई साता पछि यो योजना बनाएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस