भारतलाई घोच्ने नयाँ सुइरो पाकिस्तानको नयाँ नक्शा
काठमाडौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार सार्वजनिक गरेको नयाँ राजनीतिक नयाँ नक्शालाई भारतले घोच्ने नयाँ सुइरो भएको भनिएको छ ।
पाकिस्तनले कब्जा गरेको जम्मु काश्मिरको भागलाई आफ्नो नक्शामा सामेल गरी नयाँ नक्शा सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री खानले मंगलबार राष्ट्रको नाम सम्बोधन गर्दै यसको खुलासा गरे ।
प्रधानमन्त्री खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको संविधानमा जम्मु काश्मिरलाई दिइएको विशेषाधिकार प्रावधान सहितको धारा ३७० खारेज गरेको एक वर्षको पूर्वसंध्यानमा नक्शा सार्वजनिक गरी जवाफ दिएका हुन ।
यसलाई हिन्दुस्तान टाइम्सले भारतका लागि नयाँ सुइरो शीर्षक दिएर एक समाचार छापेको छ ।
उता भने पाकिस्तानी प्रधानमन्त्री खानले नक्शा सार्वजनिक गर्दै यो एक ऐतिहासिक दिन भएको बताए । भारतले जम्मु काश्मिारलाई दिआएको विशेषाधिकार समाप्त पारी यो प्रान्तलाई दुईटा बनायो ।
जम्मु काश्मिर र लद्दाख गरी दुई प्रान्त बनाएको थियो ।
प्रधानमन्त्री खानले गत वर्ष भारत सरकारले अगस्ट ५मा चालेको अवैध कदमको जवाफ भएको बताए ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking