Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पले बेरूत विस्प्फोटनलाई प्राणघाती बम आक्रमण भने

ट्रम्पले बेरूत विस्प्फोटनलाई प्राणघाती बम आक्रमण भने


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरूतमा भएको बिस्फोटनलाई प्राणघाती बम आक्रमण भनेका छन् ।

बेरूतका अधिकारीहरूले यो एक रासायनिक दुर्घटना भएको बताइरहेका बेला ट्रम्पले यो दुर्घटनाबस भएको कुनै रासायनिक बिस्फोटन नभए आक्रमण भएको अमेरिकी सैनिकहरूको बुझाइ रहेको बताएका छन् ।

लेबनानको राजधानीमा रहेको एक वेयरहाउसमा बिस्फोटन हुँदा कम्तीमा ७० जनको मृत्यु भएको छ । सोही घटनामा हजारौं घाइते भएका छन् ।

यो बिस्फोटन कसरी भएको किन भएको ठोस यकिन हुन बाँकी रहेको छ । तर ट्रम्पले संवाददाताहरूलाई यो कुनै बम बिस्फोटन भएको बताए ।

इजरायली सेना र हेजबोल्लाह लडाकु समूह दुबैले यो बिस्फोटनमा आफ्नो संलग्नता नभएको जनाएका छन् । लेबनानी अधिकारीहरूले पनि इजरायली रकेट आक्रमणको सम्भावनालाई इन्कार गरेका छन् ।

इजरायली सुरक्षा निर्देशनालयका प्रमुख अब्बास इब्राहिमले यो घटना रासायनिक बिस्फोटन जस्तो देखिएको बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस