Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअधिग्रहित काश्मिरलाई आफ्नो हिस्सा बनाएर पाकिस्तानद्वारा नयाँ नक्शा सार्वजनिक

अधिग्रहित काश्मिरलाई आफ्नो हिस्सा बनाएर पाकिस्तानद्वारा नयाँ नक्शा सार्वजनिक


पाकिस्तानले पनि नक्शा जारी गरेको छ । यो नक्शामा अधिग्रहित काश्मिरलाई आफ्नो हिस्सा बनाएर नक्शा बनाएको छ ।

भारतले काश्मिरलाई दिइएको अधिकार कटौती गर्ने निर्णयको एक वर्ष पुग्न एक दिन अघि पाकिस्तानले यो नक्शा सार्वजनिक गरेको छ ।

।विदेशमन्त्रीको उपस्थितिमा राष्ट्रको नाम सम्बोधन गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नयाँ नक्शा सार्वजनिक गरेका हुन । यो नक्शा पाकिस्तानको औपचारिक नक्शा हुने र यसको पढाइ स्कूल कलेजमा हुने भनिएको छ ।

नक्शा जारी गरिरहेका बेला काश्मिरको मुद्दाको समाधान संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको समाधान अनुसार जनताको आत्मनिर्णयको आधारमा हुनुपर्ने प्रधानमन्त्री खानले भने ।

गत वर्ष ५ डिसेम्बरका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले जम्मु काश्मिर प्रान्तलाई संविधानमा दिइएको विशेषाधिकारसम्बन्धी प्रावधान हटाएर त्यसलाई औपचारिकरूपमा आफ्नो हिस्सा भएको घोषणा गरेको थियो । त्यसको जवाफमा प्रधानमन्त्री खानले भारतलाई यस्तो जवाफ दिएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस