Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

ट्रम्पले विदेशी कामदार भिसामा रोक लगाए


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा विदेशी कामदार राख्न पाउने प्रयोगमा रहेको भिसा वितरणमा रोक लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

एच वन बी भिसामा रोक लगाउने आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले विदेशीलाई अमेरिकामा बोलाएर रोजगार दिने संघीय कार्यालयका दुई कार्यकारीलाई कामबाट निकालेका छन् ।

सोमबार हस्ताक्षर गरेको सो आदेशमा अमेरिकी नागरिक र ग्रिनकार्ड लिनेहरूलाई रोजगारी दिने कार्यमा प्राथमिकता दिन भनिएको छ । यो भिसा अमेरिकाको प्रविधि क्षेत्रमा काम गर्न जानका लागि विशेषरूपले उपलब्ध थियो ।

गत वर्ष यो क्षेत्रमा काम गर्नका लागि १लाख ८० हजार भिसा उपलब्ध गराइएको अमेरिकाको विदेश विभागको तथ्यांकमा उल्लेख छ ।

अमेरिकीको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा सरकारी निकायहरूले अब अमेरिकी नागरिकलाई काम दिइएको हो होइन त्यसबारे आन्तरिक्ष परीक्षण गर्ने उल्लेख गरिएको छ ।

अमेरिकीहरूको ठाउँमा २ सय भन्दा बढी विदेशीलाई काममा लगाउने दुई जना अमेरिकी अधिकारीलाई पदबाट हटाएका छन् । विदेशीहरूलाई अमेरिकामा काम दिने काममा जोड दिने बार्षिक ८० लाख अमेरिकी डलर तलब खाने टिनीसी भ्यालि अथरिटीका प्रमुख कार्यकारी जेफ लियासलाई पनि ट्रम्पलाई कारबाही गरेका छन

एचवनबी भिसा खारेज गर्ने अभियान चलाएकाहरूको उपस्थितिमा आयोजित कार्यक्रममा ट्रम्पले यस्तो बताए ।

अमेरिकामा बेरोजगारी दर सन् १९३०को महामन्दी यताकै सबै भन्दा उच्च दरमा पुगेको छ । अहिले यो ११ प्रतिशत माथि पुगेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट