Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियएप्पल विरूद्ध कपिराइटसम्बन्धी चिनियाँ कम्पनीद्वारा मुद्दा दायर

एप्पल विरूद्ध कपिराइटसम्बन्धी चिनियाँ कम्पनीद्वारा मुद्दा दायर


काठमाडौ । चीनको कृत्रिम बौद्धिकतासम्बन्धी कम्पनी संघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नलजिले अमेरिकी कम्पनी एप्पल विरूद्ध मुद्दा दायर गरेको छ ।

सिआओ आइ नामले पनि चिनिएको यो कम्पनीले एप्पलले पेटेन्टराइट कानुनको उल्लंघन गरी आफूलाई ठूलो क्षति पु¥याएको भनी यो मुद्दा दायर गरेको हो ।

सिआओ आईले यसको क्षतिपूति रकम १.४३ अर्ब अमेरिकी डलर बराबरको माग दाबी सहित यो मुद्दा दायर गरिएको हो ।

एप्पलको भोइस रिकगनिसन टेक्नलजि सिरीले पेटेन्टराइट कानुनको उल्लंघन गरेको हो । यो कानुनका लागि सन् २००४मा आवेदन दिइएको थियो र सन् २००९मा प्रमाणित गरिएको सो कम्पनीले दाबी गरेको हो ।

यी दुई कम्पनी बीच करिब एक दशकयता विवाद रहँदै आएको हो । संघाइ झिझेजले एप्पल विरूद्ध पहिलो पटक यस्तो मुद्दा सन् २०१२मा दायर गरेको थियो ।

गत महिना चीनको सर्वोच्च अदालतले यो पेटेन्ट सही भएको जनाएको थियो । सिआओआइ अदालतमा जित्नेछ भने एप्पलले आफ्ना धेरै उत्पादन चीन र अमेरिका बाहिरका अधिकांश महत्वपूर्ण बजारमा बेच्न पाउने छैन । ।

अमेरिका र चीन दुबै आर्थिक शक्तिबीच अहिले व्यापार युद्ध चलिरहेको छ । अमेरिकाले चीनमाथि अन्यायपूर्ण आर्थिक व्यवहार सञ्चालन गर्दै अएको र यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गराएको आरोप लगाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस