Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रिययो वर्षको अन्त्यसम्म रूसले महिनामा कोभिड–१९को भ्याक्सिनको करोडौ खोप उत्पादन गर्ने

यो वर्षको अन्त्यसम्म रूसले महिनामा कोभिड–१९को भ्याक्सिनको करोडौ खोप उत्पादन गर्ने


काठमाडौ ।यो वर्षको अन्त्यसम्म रूसले महिनामा कोभिड–१९को करोडौं खोप उत्पादन गर्न सक्ने जनाएको छ।

सेप्टेम्बरसम्म भ्याक्सिन उत्पादन शुरू हुने र सन् २०२१को शरूवातसँगै हरेक महिना रूसले करोडौं डोज भ्याक्सिन उत्पादन गर्न सक्ने रूसका व्यापार तथा उद्योगमन्त्रीले जनाएका छन् ।

यो खोप रूसले आफ्नै देशमा विकास गरेको छ । डेनिस मान्तुरोभले रूसी समाचार एजेन्स ताससँग कुराकानी गर्दै उनले भ्लादिमिर, यारोस्लाभल र मस्को ओब्लास्ट तीन क्षेत्रमा यो भ्याक्सिन उत्पादन हुने बताए ।

अक्टोबारबाट रोगप्रतिरोधी अभियान शुरू हुने उनले जनाए ।

घरेलु औषधीको अनुसन्धान र्ने मस्कोकोे गामालेइ इन्स्टिच्युट अफ इपिडेमोलोजी एन्ड माइक्रोबायोलजीले जेनेरियम, आर फार्म र बिन्नोफार्मसँग साझेदारी गरी यो उत्पादन अर्को महिनादेखि शुरू गर्ने भएको छ ।

गत जुलाईमा रोगप्रतिरोधी स्वयमसेवकहरूलाई अस्पतालबाट पठाइएको थियो । उनीहरूमाथि औषधिको एक महिनाको परीक्षणपछि अस्पतालबाट पठाइएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस