Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोभिड–१९ तेस्रो विश्वयुद्धको पूर्वाभ्यास भएको खुलासा

कोभिड–१९ तेस्रो विश्वयुद्धको पूर्वाभ्यास भएको खुलासा


काठमाडौ । कोभिड–१९ वैश्विक महामारी जैविक युद्धकलाको पूर्वाभ्यास भएको रुसका बालबालिका क्षेत्रका एक अगुवा चिकित्सकले बताएका छन् । द्रुतगतिमा फैलिरहेको भाइरसले विश्व स्वास्थ्य प्रणालीको परीक्षण गर्न गरिएको उनको विश्वास छ ।

फोब्र्सलाई दिएको एक अन्तर्वार्तामा रिसर्च इन्स्टिच्युट अफ इमरजेन्सी पेडियार्टिक सर्जरी एन्ड ट्रमटोलोजीका अध्यक्ष प्रोफेसर लिओनिद रोशालले यस्तो बताएका हुन ।

यो महामारीले सबै देश रोगीहरूको उपचारका लागि तयार नरहेको छर्लङ भएको उनले बताए ।

उनले भने “ जब म यो विद्यमान अवस्थाको विश्लेषण गर्छु यो जैविक युद्धकलाको पूर्वाभ्यास भएको ठम्याउँछु । मैले यो भाइरस मानिसबाट बनेको हो भनिरहेको छैन तर यो स्वास्थ्य प्रणालीको शक्तिको एक परीक्षण हो जसमा देशको जैविक प्रतिरक्षालाई समेत समावेश गरिएको छ ।”

उनले रूसी जनता र सरकारलाई कोरोनाभाइरस विरूद्धको लडाइमा खेलेको भुमिकाको प्रशंसा गरे । देशले अपनाएको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्न जनताले साथ दिएको उनले जनाए ।

विश्वमा कोभिड–१९ संक्रमितको संख्याको आधारमा रूस विश्वको चौथो ठूलो संक्रिमत देश बनेको छ । रूसमा ८लाख ५६ हजार २ सय ६४ जना संक्रमित रहेका छन् । अमेरिका, ब्राजिल र भारत पछिको देश रूस हो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस