Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविश्वमा कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

विश्वमा कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था


विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ८२ लाख ३६ हजार ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ९२ हजार ८०९ पुगेको छ । हालसम्म १ करोड १४ लाख ४५ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख १३ हजार ६४७ पुगेको छ । यहाँ हालसम्म १ लाख ५८ हजार ३६५ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा हालसम्म २७ लाख ३३ हजार ६७७ जना संक्रमित हुँदा ९४ हजार १३० जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १८ लाख ५ हजार ८३८ संक्रमित हुँदा ३८ हजार १७६ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख ५० हजार ८७० संक्रमित हुँदा १४ हजार १२८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ११ हजार ४८५ जना संक्रमित हुँदा ८ हजार ३६६ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ४ लाख ३९ हजार ४६ जना संक्रमित हुँदा ४७ हजार ४४६ को मृत्यु भएको छ । पेरुमा ४ लाख २८ हजार ८५० जना संक्रमित हुँदा १९ हजार ६१४ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख ५९ हजार ७३१ संक्रमित हुँदा ९ हजार ६०८ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ३५ हजार ६०२ पुगेको छ भने २८ हजार ४४५ जनाको मृत्यु भएको छ ।

यता, इरानमा ३ लाख ९ हजार ४३७ जना संक्रमित हँदा १७ हजार १९० जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४६ हजार २०१ जनाको मृत्यु भएको छ भने ३ लाख ४ हजार ६९५ जना संक्रमित रहेका छन् । पाकिस्तानमा २ लाख ७९ हजार ६९८ संक्रमित हुँदा ५ हजार ९७६ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ७८ हजार ८३५ हजार संक्रमित हुँदा २ हजार ९१७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४८ हजार ७० पुग्दा ३५ हजार १५४ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म २ लाख ४० हजार ७४६ संक्रमित हुँदा ३ हजार १५४ को मृत्यु भएको छ । टर्कीमा २ लाख ३२ हजार ८५६ संक्रमित हुँदा ५ हजार ७२८ को ज्यान गएको छ । जर्मनीमा २ लाख ११ हजार ४६२ जना संक्रमित हुँदा ९ हजार २२६ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८७ हजार ९१९ हुँदा ३० हजार ३६५ जनाको मृत्यु भएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा ४९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ४२८ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ३६ हजार ६८९ जना संक्रमित हुँदा १ हजार ११ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म २० हजार ३३२ जना संक्रमति फेला पर्दा १४ हजार ६०३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५७ जनाको भने मृत्यु भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस