Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजर्मन र फ्रान्सले सैनिक उत्पादनमा अमेरिकी टेक्नलजि प्रयोग नगर्ने

जर्मन र फ्रान्सले सैनिक उत्पादनमा अमेरिकी टेक्नलजि प्रयोग नगर्ने


काठमाडौ । जर्मन र फ्रान्सका हतियार उत्पादकहरूले सैन्य उत्पादनमा अमेरिकी टेक्नलजि प्रयोग नगर्ने भएका छन् ।

अमेरिका र अमेरिकी नेतृत्वको सैनिक गठबन्धन नेटोका सहयोगी देशको रूपमा चिनिएका यी देशका हतियार उत्पादकहरूले यस्तो चाहना व्यक्त गरेको जर्मनीको अखबार वेल्ट एम सोन्नटागले जनाएको छ ।

सेनाका लागि प्रयोग हुने हेलिकप्टर , नयाँ राइफल, फाइटर जेट बनाउने यी दुई देशका विमान कम्पनीहरूले यस्तो जनाएका छन् ।

अन्तर्राष्ट्रिय ट्राफिक आम्र्स रेगुलेशन अन्तर्गत अमेरिकाले सैन्य उत्पादनमाथि नियन्त्रण कायम गरेको छ । यी कम्पनीहरूले अब अमेरिकी निर्भरता घटाउन खोजेको जनाएका छन् ।

अमेरिकी नियमनकारी प्रणालीबाट मुक्त भएपछि युरोपले सैन्य आपूर्तिमा बढी स्वतन्त्रता प्राप्त गर्ने फ्रान्सको निर्माता कम्पनी सफ्रानको हेलिकप्टर इन्जिन डिपार्टमेन्टका निर्देशकले जनाए ।

जर्मनीलाई रूसको ग्यास पाइपलाइन प्रोजेक्ट नोर्ड स्ट्रिम टुबाट हटन भनेको अमेरिकी दबाब अस्वीकार गरिएपछि अमेरिकाले जर्मनमा रहेका सेना फिर्ता गर्ने घोषणा गरेको थियो । नोर्ड स्ट्रिम टुबाट हटन दिएको अमेरिकी आदेश जर्मनीको सार्वभौमसत्ताको नाङ्गो उल्लंघन भएको जर्मनी नेताहरूले आलोचना गरेका छन् ।

अमेरिकाले नोर्ड स्ट्रिम टुमा सहभागी कम्पनीहरू विरूद्ध आर्थिक नाकाबन्दी लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओले स्टस्ट चेतावनी दिइसकेका छन् ।

उनीहरूको चेतावनी पछि जर्मनी र फ्रान्सका कम्पनीहरूले यस्तो योजना बनाइरहेको विषय सार्वजनिक भएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस