मास्क थुथुनो हो भन्दै बीबीसी हेडक्वार्टर अगाडि लकडाउन विस्तारको विरोध
काठमाडौ । बेलायती सरकारले लकडाउन विस्तार गर्ने गरी गरेको निर्णयको लन्डनमा विरोध प्रदर्शन गरिएको छ ।
मास्क थुथुनो हो भन्दै प्रदर्शनकारीहरूले बीबीसी हेडक्वार्टर र प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा समेत प्रदर्शन गरेका छन् ।
लकडाउनसम्बन्धी नीति विरूद्ध विश्वभर आंशका बढदै गएको बेला बेलायतमा यो प्रदर्शन भएको देखिएको छ ।
हाइड पार्कमा जम्मा भएका प्रदर्शनकारीहरूको एक जमातलाई कोरोनाभाइरस विरूद्ध सरकारले अपनाइएका मापदण्डको विरोधमा बोल्नेहरूमा लेबर पार्टीका पूर्व नेता जेरेमी कोर्बिनका भाई पियर्स कोर्बिन लगायतका थिए ।
प्रदर्शनकारीहरूले बोकेका प्लाकार्डहरूमा मास्क्स आर मजल्स, फ्रिडमओभर फियर, सेभ लाइभ्स, स्टप द न्यू नर्मल नारा लेखिएको थियो ।
प्रदर्शनकारीले मास्क बिना प्रदर्शन गरेका थिए । प्रधानमन्त्री बोरिस जोन्सनले पसल र सुपरमार्केटमा डुलिरहेका बेला अनुहार छोपेर जान भनेका थिए । मास्कलाई अनिवार्य बनाइएको जनाएका थिए ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking