ट्रम्पद्वारा आर्थिक असमानता पुर्ने नीति ल्याउने प्रतिबद्धता
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति र बाँकी अमेरिकीबीच देशभर देखिएको असमानता हटाउने कार्य छिट्टै शुरू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति ट्रम्पले ट्विटरमा भनेका छन् “ असमानताको विषयमा म वास्तवमै सहमत छु । आम्दानी असमानता धेरै छ । परिवर्तन गर्नै पर्छ र त्यो छिट्टै हुन्छ ।”
बिजनेश इन्साइडरले इन्स्टिच्युट फर पलिसी स्टडिजले अमेरिकी अर्बपतिले मार्च देखि जुनको अवधिमा ६३७ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति जोडेकोे र ४ करोड अमेरिकीले रोजगार गुमाएको विषयमा सार्वजनिक गरेको प्रतिवेदनलाई उल्लेख गर्दै ट्रम्पले यस्तो ट्विट गरेका हुन ।
कोभिड–महामारीका बेला अमेजनका जेफ बिजोस, जुमका प्रमुख कार्यकारी एरिक युआन, माइक्रोसफ्टका प्रमुख कार्यकारी स्टिभ बालमर, स्पेसएक्सका प्रमुख कार्यकारी एलन मस्क लगायत ट्रम्पका डोनल शेल्डोन एडेलसन जस्ता अर्बपतिको सम्पत्ति अकाशिएको बेला साना मझ्यौला व्यवसाय ध्वस्त भएको छ ।
ट्रम्पको ट्विटले डेमोक्रेटिक पार्टीका समाजवादी नेता बर्नी स्यान्डर्सका एजेन्डा त बोक्न लागेका होइन भन्ने चर्चा अमेरिकामा चल्न थालेको छ ।
बर्नी स्यान्डर्सका समर्थक रहोका टिम पुलले ट्रम्पले मेरो भोट लिने प्रयास गरिरहेको उल्लेख गरेका छन् ।
साथै टम्पले ९० प्रतिशतको सम्पत्तिमाथि नियन्त्रण कायम गर्ने १ प्रतिशत अमेरिकीले आफ्नो योजनालाई असर पु¥याउने बताएका छन्
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking