Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोभिड प्रतिरोधी हेल्मेटलाई कम्तीमा १३० डलर पर्ने

कोभिड प्रतिरोधी हेल्मेटलाई कम्तीमा १३० डलर पर्ने


काठमाडौ । कोभिड–१९बाट जोगिने अर्को तहको सुरक्षा उपायको रूपमा कोभिड प्रतिरोधी हेल्मेट तयार पारिएको छ ।

कोलम्बियाका इन्जिनियरहरूले अन्तरिक्षयात्रीहरूका लागि बनाइने हेल्मेटका वस्तुहरू मिलाई विशेषप्रकारको हेल्मेट तयार गरेका छन् ।यसले कोरोनाभाइरस संक्रमणबाट जोगाउने छ ।

एयरनटिकल इनिजनियर एन्ड्रेस फिलिप गिराल्डोले यो हेल्मेट भविष्यको टाउको हेल्मेट हुन सक्ने देखिएको बताए ।

तर भविष्यभर मास्क लगाउने विषयमा विवाद बढी रहेको छ । भविष्यमा मानिसहरूलाई मास्क नियमितरूपमा कहिले सम्म लगाउनुपर्ने हो ठेगान छैन । मानिसलाई अन्तरिक्षमा पहिरिने सुट लगाएर हिडनुपर्ने हो त्यो पनि ठेगान छैन ।

यो हेल्मेट प्लास्टिक संरचनाबाट निर्माण गरिएको हो ।यसमा विद्युतीय फिटिङ गरिएको छ । फिल्टर र ब्याट्रीयसमा लगाइएको छ ।

यसले सफाइ गर्छ ।हावामा हुने संक्रमणबाट जोगाउँछ । यसको वजन ६५० ग्रामको छ । यसले फोनमा कुरा गर्न सक्ने सुविधा दिएको छ ।

व्यापारिक प्रयोगजनका लागि यसको लागत १३० अमेरिकी डलरसम्म पुग्ने देखिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस