Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी कम्पनीले सिरियाली विद्रोहीसँग तेल सम्झौता गरे

अमेरिकी कम्पनीले सिरियाली विद्रोहीसँग तेल सम्झौता गरे


काठमाडौ । अमेरिकी तेल कम्पनीहरूले सिरिया सरकर विरूद्ध लडिरहेका अमेरिकी समर्थित कुर्द विद्रोहीसँग तेल खरिद गर्ने सम्झौता गरेका छन् । एआइ मोनिटरले स्रोतको उल्लेख गरी यो समाचार सार्वजनिक गरेको छ ।

उत्तरपूर्व सिरियामा कुर्दिस नेतृत्वको स्वायत्त क्षेत्रमा अमेरिकी कम्पनीले यस्तो सम्झौता गरेको जानकारी एआइ मोनिटरलाई प्राप्त भएको हो ।

डेल्टा क्रेसेन्ट इनर्जी एलएलसी कम्पनीले विद्रोही कुर्दिस समूहसँग तेल सम्झौता गरेको हो । अमेरिकाका लागि सिरियाली लोकतान्त्रिक परिषद्का प्रतिनिधि सिनाम मोहमदले ह्वाटसएपबाट डेल्टा क्रेसेन्टले स्वायत्त क्षेत्रमा तेल सम्झौता गरेको जनाएका छन । तर यसबारे अन्य जानकारी दिएका छैनन । यो समूहको मुख्य आम्दानीको स्रोत तेल रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकटका दक्षिण कारोलिनाबाट रिपब्लिकन पार्टीका सिनेटर लिन्डेस ग्राहमले सिरियाली लोकतान्त्रिक सेनाका कमान्डर मजलुम कोबानीसँग सम्पर्क गरेको र कोबानीले ग्राहमलाई सम्झौता भएको पुष्टि गरेको जानकारी ट्रम्पलाई दिएको एआइ मोनिटरलाई उसको स्रोतले जनाएको हो ।

ग्राहमले यो जानकारी सीबीएस रिपोर्टर क्रिस्टिना रुफिनीलाई पनि दिएका छन् ।यससँग जोडिएका अन्य सरोकारबाला पक्षले यसबारे केही प्रतिक्रिया जनाएका छन् । सिरियाद्वन्द्वमा महत्वपूर्ण पक्ष रुसले यसबारे केही जनाएको छैन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस