Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

लकडाउन खुकुलो गर्ने योजना बेलायती प्रधानमन्त्रीद्वारा स्थगित


काठमाडौ । बेलायती प्रधानमन्त्री बोरिस जानसनले इंग्ल्यान्डमा लकडाउन खुकुलो गर्ने योजना स्थगित गरेका छन् ।

उनले यो साताको अन्त्यदेखि लकडाउन खुकुलो गर्ने योजना कम्तीमा दुई साताका लागि स्थगित गर्ने निर्णय गरेका हुन ।

कोरोनाभाइरसका संक्रमितहरूमा बृद्धि भएपछि उनले यो निर्णय लिएका हुन ।

क्यासिनोजस्ता क्षेत्र अझ बन्द राख्ने र नाकमुख छोप्ने आदेशलाई पालना गर्ने विधि अपनाइने भएको छ ।

इंग्ल्यान्डका प्रमुख मेडिकल अफिसर प्रोफेसर त्रिस ह्विटीले कोरोनाभाइरस बन्देजमा खुकुलो गरे यसले खतरा थप्ने चेतावनी दिएका हुन ।

उनले सबै क्षेत्र एकै पटक खुकुलो गरी कोरोनभाइरसलाई नियन्त्रण गर्न खोजे गलत हुने बताए ।

स्कूल खोलेर सन्तुलन कायम गर्न कठिनाइ हुने छ । त्यसपछि बेलायती प्रधानमन्त्री जोनसनले लकडाउन खुकुलो गर्ने योजना स्थगित गर्ने जानकारी दिएका हुन ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट