काठमाडौ । लागु औषधको अवैध कारोबारबाट हुने आम्दानीलाई विश्वको बैंकिङ प्रणालीले सफाई गरिरहेको छ । जसलाई ‘द लन्ड्रिङ अफ ड्रग मनी’ भनिन्छ ।
७ डिसेम्बर १९८७का दिन रिसलुसन ४२÷११२मा संयुक्त राष्ट्रसंघको महासभाले २६ जुनलाई लागु औषध दुरूपयोग र गैरकानुनी ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय ग¥यो । लागु औषधको दुरूपयोगबाट अन्तर्राष्ट्रिय समाजलाई मुक्त गर्ने लक्ष्य प्राप्तिका लागि सशक्त कारबाही तथा सहयोगसम्बन्धी जागरण अभियान अगाडि बढाउने निर्णयको यो एक अभिव्यक्ति थियो ।
के जागरण बढाउने ?
थोरैलाई मात्र थाहा होला बेलायती साम्राज्यले लागु औषधको ओसारपसारलाई बैध बनाएको थियो । त्यसकै निरन्तरता हो । औपनिवेशिक हैसियत समाप्त भएको छ । अहिले लागु औषधको अवैध व्यापार बहुअर्बीय अमेरिकी डलर बराबर विस्तार भएको छ ।
विश्वमा लागु औषध उत्पादन हुने दुई मुख्य केन्द्रहरू छन् ।
अफगानिस्तानमा अफिम आपूर्तिको ९० प्रतिशत उत्पादन हुन्छ । अफिमबाट हेरोइन र अफिमसम्बन्धी वस्तुको उत्पादनमा रूपान्तरण गरिन्छ । अमेरिका नेटोको संयुक्त आक्रमण अक्टोबरमा हुन अघिसम्म संयुक्त राष्ट्रसंघ अभिप्रेरित लागु औषध निर्मूलन कार्यक्रम सन् २०००–२००१मा सफलता पूर्व अघि बढेको थियो । सो आक्रमण भएपछि अधिग्रहित अफगानिस्तानमा अफिम उत्पादन ५० गुनाले बृद्धि भयो । सन् २०१७मा अफिमको उत्पादन अफगानिस्तानमा ९ हजार मेट्रिक टन पुगेको युएनओडीसीले जनाएको छ ।
अर्को दक्षिणी अमेरिकाको एन्डेन क्षेत्र हो जसमा कोलम्बिया, पेरु र बोलिभियाजस्ता कोका वा कोकाइन उत्पादन गर्ने देशको रूपमा चिनिन्छ । कोलम्बिया अमेरिका समर्थित लागु औषध उत्पादन गर्ने देश हो । मेक्सिको भएर कोलम्बियाको कोकाइन वा कोकिन अमेरिकी बजारमा ठूलो परिमाणमा आपूर्ति गरिन्छ । मेक्सिकाका लागु औषधका अवैध कारोबारीहरूको यो आपूर्तिमा ठूलो भूमिका रहेको छ ।
साम्राज्य खडा गरिरहने काममा आगु औषधको अर्थतन्त्र अभिन्न रूपमा जोडिएको छ । लागु औषधको ओसारपसारको अवैध कारोबार अमेरिकी सेना र गुप्तचर निकायबाट सुरक्षित तथा संरक्षित छ ।
बेलायत साम्राज्यको भूमिका
एतिहासिकरूपमा बेलायती उपनिवेशवादको लागु औषधको कारोबार अभिन्न अंग रहेको र यो वैध कारोबार थियो । ब्रिटिश इस्ट इन्डिया कम्पनीले बंगालमा अफिम उत्पादन गरी चीनको दक्षिण बन्दरगाह क्यान्टोनसम्म पु¥याउने गर्दथ्यो ।१९औं शताब्दीको मध्यतिर भारतमा औपनिवेशिक कुल आम्दानीको १५ प्रतिशत अफिमबाट हुने गरेको थियो भने भारतबाट निर्यात गरी हुने आम्दानीका ३१ प्रतिशत अफिम निर्यातको हिस्सा थियो । राज्यसमर्थित यो अफिमको कारोबार इस्ट इन्डिया कम्पनीले गर्दथ्यो र पछि बेलायती सरकारले अफिम उत्पादन गर्न १० बढी किसानलाई काममा लगाएको थियो ।तर किसानलाई यसको मुनाफामा कुनै हिस्सा दिने गरिएको थिएन । भारतमा कृषि उपजका लागि छुट्टयाइएको भूमि अफिम उत्पादनको भन्दा सानो क्षेत्र छुट्टयाइएको थियो ।
१९औं शताब्दीको अन्त्यतिर अहिलेको उत्तरप्रदेश र बिहार क्षेत्रका १ करोड बढी मानिस अफिम खेतीको प्रभावमा परेका थिए । बेलायती साम्राज्यको इस्ट इन्डिया कम्पनीले शक्तिशाली बहुराष्ट्रिय कम्पनीको स्थापना गरे एसियामा लुट विस्तार ग¥यो । अफिमकै कारण दुई युद्ध भए ।ब्रिटिश इन्डियाको अफिम चीनसम्म पु¥याउन बाटो दिने विषयमा यी युद्ध भए ।
चीन र अफिम युद्ध
चीनको किङ सम्राट दाओगुआङले क्यान्टोन बन्दरगाहमा रहेको अफिम भण्डारलाई ध्वस्त गर्ने निर्देशन सन् १८३८मा दिए बेलायती साम्राज्यले चीन विरूद्ध युद्धको घोषणा ग¥यो ।१८३७–१९०१सम्म शासन गरेकी महारानी भिक्टोरियाले यो युद्धलाई समर्थन गरेकी थिइन । १९३८सम्म भारतबाट चीन १हजार ४सय टन अफिम जाने गरेको थियो । पहिलो अफिम युद्धदेखि १९१५सम्म अफिमको निर्यातमा नाटकीयरूपले बृद्धि हुन पुग्यो । १८३८–१८४२सम्मको भनिएको पहिलो अफिम युद्धलाई चीन विरूद्धको आक्रमण भनियो । यो युद्धले १८४२सम्म गराएको नानजिङ सम्झौताले बेलायती अफिम चीनमा निर्यात गर्न पाउने अधिकार मात्र सुरक्षित गराएन अन्य औपनिवेशिक शक्तिलाई अगाडि बढेर बन्दरगाह सम्झौता गर्न लगायो । बेलायतीहरूले अफिम व्यापारको प्रयोग गरी विशाल सम्पत्तिको लुट ग¥यो । आज यसलाई ‘लागु धनको सफाई’ वा लन्ड्रिङ अफ ड्रग मनी’ भनिन्छ । अफिमबाट गरिएको आम्दानीलाई हङकङ संघाइ बैंकमा लगानी लगाइयो । ब्रिटिश इस्ट इन्डिया कम्पनीले १८६५मा यो बैंकको स्थापना ग¥यो । यो पहिलो अफिम युद्धका बेला भएको थियो । १८५५मा बेलायतको विदेश कार्यालयको तर्फबाट सर जोन बाउरिङले सियामका राजा मोङकुट वा राम चौथोसँग सम्झौता गरेका थिए । यसलाई ‘द एङ्ग्लो सियामिज ट्रिटि अफ फ्रेन्डसिप एन कमर्स’ यो सम्झौताले त्यतिखेरको सियाम अहिलेको थाइल्यान्डमा अफिमको निर्बाध निर्यातको अनुमति प्रदान गरेको थियो ।
सन् १९१५मा चीनसँगको अफिम व्यापार सम्झौता समाप्त भयो । भारत १९४७मा स्वतन्त्र हुन अघिसम्म लागु औषधको एकलौटी ओसारपार जारी रहेको थियो ।
नश्लवाद, लागुऔषध र उपनिवेशवाद
इतिहासविदहरूले एटलान्टिक ट्रइङ्गुलर स्लेभ ट्रेड ( दास व्यापार)को विषयमा ध्यान केन्द्रित गर्छन् । अफ्रिकाबाट औपनिवेशिक शक्तिहरूले दासलाई कृषि उत्पादन कार्यका लागि अमेरिका निर्यात गरे र ती दास श्रमिकलाई फेरि युरोप फर्काउन गरिन्थ्यो । बेलायती सम्राज्यको वितार अस्ट्रेलिया र दक्षिण अफ्रिकाका खानीहरूसम्म भयो । यसलाई अहिले मानवता विरूद्धको अपराध भनेर बुझिन्छ । दास व्यापार र लागु औषध ओसारपसार दुबै नश्लवादमा आधारित थियो । १८७७मा सेसिल रोडसले गरेको गुप्त परियोजनामा बेलायती र अमेरिकी साम्राज्यहरुले एङ्ग्लो स्याक्सन साम्राज्यमाथि एकल श्वेतवर्चस्ववादी नीति लागु गरेको पत्ता लगाइएको थियो । त्यो भनेको गोराहरू काला भन्दा उत्तम हुन्छन भन्ने मान्यता थियो ।
त्यतिबेलाको लागु औषधको कारोबार शैलीको निरन्तरता अझ बेलायती साम्राज्यले गरिरहेको छ । अमेरिकी सैनिकको अधिग्रहण भित्र रहेको अफगानिस्तान र ल्याटिन अमेरिकी लागु औषध राज्यमा लागु औषधको उत्पादन र कारोबार सुरक्षित छ ।
अहिले लागु औषधको कारोबार बहु खर्ब अमेरिकी डलर बराबरको हुन पुगेको छ । राष्ट्रसंघका अनुसार लागु औषध सम्बन्धी कारोबारले गरिएको आम्दानीको सफाई ‘द लन्ड्रिङ अफ ड्रग मनी’ विश्वको कुल गार्हस्थ्य उत्पादन जीडीपीको २५ प्रतिशतसम्म ८ खर्ब अमेरिकी डलर देखि ३० खर्बसम्म गरिन्छ । यो रकमको सफाइ वैश्विक बैंकिङ प्रणालीबाट गरिन्छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking