ट्रम्प पार्टीका शीर्ष नेताहरूद्वारा चुनाव सार्ने योजना अस्वीकार
काठमाडौ । रिपब्लिकन शीर्ष नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको चुनाव सार्ने योजनालाई अस्वीकार गरेका छन् ।
राष्ट्रपति ट्रम्पकै पार्टीका नेताहरूले नोभेम्बरमा हुने राष्ट्रपति पदको चुनाव सार्न नहुने बताएका हुन ।
ट्रम्पले चुनावमा गडबड हुन सक्ने भनेर चुनाव सार्न प्रस्ताव ट्विटरमा गरेको विषयलाई लिएर सिनेटमा बहुमत पक्षधर नेता मिच म्याकोनेल र सदनमा अल्पमतका नेता केभिन म्याकार्थी दुबैले ट्रम्पको सो योजनालाई अस्वीकार गरेका हुन ।
ट्रम्पसँग चुनाव सार्ने वा स्थगन गर्ने अधिकार नभएको भन्दै यो अधिकार अमेरिकी कांग्रेससँग रहेको छ । हुलाकी मतमा गडबड हुन सक्ने र सही परिणाम नआउन सक्ने भन्दै राष्ट्रपतिले सार्ने योजना अगाडि बढाएका थिए ।
मानिसहरूले राम्ररी, दृढतापूर्वक र सुरक्षित मतदान गर्न पाउन अवस्था नभएसम्म निर्वाचन ढिला गर्दा राम्रो हुने उनले ट्विटमा जनाए ।
कोभिड–१९ महामारीका कारण स्वास्थ्य संकटको बेला अमेरिकामा मेलबाट मतदान गर्ने व्यवस्था गर्न लागेको विषयमा चिन्ता व्यक्त गर्दै ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका थिए ।
अमेरिकी अर्थन्त्र खुम्चिएर गएको नयाँ आँकडा आएपछि ट्रम्पले यस्तो बताएको देखिएको छ । अप्रिल देखि जुन भित्र अमेरिकी अर्थतन्त्र सन् १९३०को महामन्दी यता सबै भन्दा खराब अवस्थामा पुगेको देखिएको हो ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking