Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति ट्रम्पको निर्वाचन सार्ने योजना

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्वाचन सार्ने योजना


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनको मिति सार्ने योजना अगाडि बढाएका छन ।

अमेरिकी इतिहासमा नोभेम्बरमा हुने निर्वाचनमा गरिने मतदान खतरामा पर्न सक्ने अवस्था उत्पन्न भएकाले यो निर्वाचन सार्नुपर्ने उनले प्रस्ताव गरेका हुन ।

मानिसहरूले राम्ररी, दृढतापूर्वक र सुरक्षित मतदान गर्न पाउन अवस्था नभएसम्म निर्वाचन ढिला गर्दा राम्रो हुने उनले ट्विटमा जनाए ।

केही महिना अघिसम्म खारेजको विचारलाई अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अगाडि बढाएका हुन् । नोभेम्बर ३मा हुने निर्वाचन राम्रो हुने बताउने ट्रम्पले अहिले यो समय उपयुक्त नभएको बताएका हुन ।

अप्रिल यता ट्रम्पको लोकप्रियतामा निरन्तर ह्रास आएकाले उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन । अमेरिकाका पूर्व राष्ट्रपति जो बिडनको तुलनामा अहिले उनको लोकप्रियता खस्केको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस