पछिल्लो २४ घण्टामा २ लाख ९३ हजार कोरोना संक्रमित थपिए
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ८७ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ७० हजार २०२ जना पुगेको छ । हालसम्म १ करोड ६ लाख ९७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख ६८ हजार ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ७० हजार नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म १ लाख ५३ हजार ८४० जनाको मृत्यु भएको छ ।
ब्राजिलमा हालसम्म २५ लाख ५५ हजार ५१८ जना संक्रमित हुँदा ९० हजार ८८ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १५ लाख ८४ हजार ३८४ संक्रमित हुँदा ३५ हजार ३ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख २८ हजार ९९२ संक्रमित हुँदा १३ हजार ६७३ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ४ लाख ७१ हजार १२३ जना संक्रमित हुँदा ७ हजार ४९७ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ४ लाख ८ हजार ४४९ जना संक्रमित हुँदा ४५ हजार ३६१ को मृत्यु भएको छ । पेरुमा ४ लाख ६८३ जना संक्रमित हुँदा १८ हजार ८१६ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख ५१ हजार ५७५ संक्रमित हुँदा ९ हजार २७८ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख २९ हजार ७२१ पुगेको छ भने २८ हजार ४४१ जनाको मृत्यु भएको छ ।
बेलायतमा हालसम्म ४५ हजार ९६१ जनाको मृत्यु भएको छ भने ३ लाख १ हजार ४५५ जना संक्रमित रहेका छन् । यता, इरानमा २ लाख ९८ हजार ९०९ जना संक्रमित हँदा १६ हजार ३४३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ७६ हजार २८८ संक्रमित हुँदा ५ हजार ८९२ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ७२ हजार ५९० हजार संक्रमित हुँदा २ हजार ८१६ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४६ हजार ७७६ पुग्दा ३५ हजार १२९ जनाको मृत्यु भएको छ ।
बंगलादेशमा हालसम्म २ लाख ३२ हजार १९४ संक्रमित हुँदा ३ हजार ३५ को मृत्यु भएको छ । टर्कीमा २ लाख २८ हजार ९२४ संक्रमित हुँदा ५ हजार ६५९ को ज्यान गएको छ । जर्मनीमा २ लाख ८ हजार ८११ जना संक्रमित हुँदा ९ हजार २१२ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८५ हजार १९६ हुँदा ३० हजार २३८ जनाको मृत्यु भएको छ ।
चीनमा पछिल्लो २४ घण्टामा १०५ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार १६५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ३१ हजार ९०१ जना संक्रमित हुँदा १ हजार १ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १९ हजार २७३ जना संक्रमति फेला पर्दा १४ हजार २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४९ जनाको भने मृत्यु भएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #Corona,
#hot