Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरुसी ग्यास पाइपलाइन नछोड्ने भएपछि अमेरिकाले जर्मनीबाट सेना फिर्ता लाने चेतावनी

रुसी ग्यास पाइपलाइन नछोड्ने भएपछि अमेरिकाले जर्मनीबाट सेना फिर्ता लाने चेतावनी


काठमाडौ । रुसी ग्यास पाइपलाइन परियोजनाबाट जर्मनी नहट्ने भएपपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा सुरक्षा दिइरहेको अमेरिकी सेना फिर्ता लाने चेतावनी दिएका छन् ।

ट्रम्पले जर्मनीमा रहेको १२ हजार सेनाबाट आधा सेना फिर्ता लाने निर्णय गरेको जनाएका छन् ।

अमेरिकाले जर्मनीलाई रुसको नोर्ड स्ट्रिम टु ग्यास पाइपलाइन परियोजनाबाट हट्न दिएको दबाब नमाने पछि अमेरिकाले यस्तो निर्णय लिएको ट्रम्पले ट्विट गरी जनाएका छन् ।

जर्मनीले रुसलाई ऊर्जाका लागि वर्सेनी अर्बौ अमेरिकी डलर बराबरको भुक्तानी गर्छ र हामीले जर्मनीको सुरक्षा गरी बस्ने हो भन्ने भावको ट्विट उनले गरेका छन् ।

ट्रम्पको यो ट्विट पछि अमेरिकी रक्षामन्त्री मार्क एस्परले जर्मनीबाट शुरुवातमा ९हजार ५ सेना फिर्ता लिने घोषणा गरे ।
यसअघि ट्रम्पले नेटोले दिएको सुरक्षा खर्चमा यसका सदस्य देशले बृद्धि गर्नुपर्ने बताएका थिए । जर्मनीले त्यो बृद्धि योजनालाई अस्वीकार गरेको थियो ।

रक्षामन्त्री एस्परले जर्मनीबाट ६ हजार ४सय अमेरिकी सेना देश फिर्ता हुने ५ हजार ६सय सेना युरोपका अन्य देशमा तैनाथ गरिने बुधबार बताए ।

७५ वर्ष पुरानो सैनिक संगठन विगठन हुने अवस्थामा पुगेको देखिन्छ ।

तर जर्मनीले अमेरिकाको यो निर्णय प्रति आपत्ति जनाएको छ । जर्मनीबाट अमेरिकी सेना फिर्ता भए युरोपमा नेटोको भूमिकालाई धक्का पुग्ने जर्मनीले जनाएको छ ।

रूसको ग्यास पाइपलाइनबाट ऊर्जा लिने कामबाट अमेरिकाले बलजफ्ती हट्न भन्नुलाई जर्मनीका राजनीतिक दलका नेताहरूले सार्वभौमसत्तामाथिको नाङ्गो आक्रमण भएको बताएका छन् । रुसको पाइपलाइन परियोजना पूरा भएपछि युरोपेली उपभोक्तालाई ऊर्जा खर्चमा २५ प्रतिशतले कमी आउने छ । यसको तुलनामा अमेरिकाको प्राकृतिक ग्यास महँगो पर्ने छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस