Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरुस र चीनद्वारा गैर डलर व्यापार जोड

रुस र चीनद्वारा गैर डलर व्यापार जोड


काठमाडौ । रुस र चीनले अमेरिकी डलर बिनाको व्यापारको गतिलाई बढाइरहेका छन् । सन् २०२०को पहिलो त्रैमासिकमा व्यापारमा डलरको हिस्सा पहिलो पटक ५० प्रतिशत भन्दा तल झरेको छ ।

चार वर्ष अघि अमेरिकी डलरमा व्यापार नगर्ने र व्यापारलाई समायोजन गरी लाने गरिएको सहमति अनुसार मुद्रा व्यवस्थापन ८० प्रतिशतसम्म गरिएको थियो ।

मस्कोको इज्भेस्तिया दैनिकले जनाए अनुसार शेयर ४६ प्रतिशतमा झरेको छ ।सन् २०१८मा यो ७५ प्रतिशतमा थियो । ५४ प्रतिशत गैर डलर व्यापार बढेको छ । चिनियाँ युयानको हिस्सा १७ प्रतिशत , युरोको ३० प्रतिशत र रुसी रुबलको हिस्सा ७ प्रतिशत रहेको देखिएको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा डलरको हिस्सेदारी घटदै जानुको मुख्य कारण अमेरिका र चीनबीचको जारी युद्ध रहेको बुझाइ छ ।
अमेरिका र चीनबीचको सम्बन्ध सन् २०२०मा झन् बिग्रिदै गएको हो । कोभिड–१९लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाइना भाइरस र कुङ फ्लु भनेपछि दुई देशबीचको सम्बन्ध झन खराब भइ आएको छ ।

यो जनवरीमा रुसी विदेशन्त्री सर्जेइ लभरोभले मस्कोले निरन्तर गैर डलर व्यापारको नीतिलाई जोड दिइआएको बताएका थिए । साथै मस्कोले सम्भव भएसम्म स्थानीय मुद्रामा व्यापार गर्न प्रोत्साहन गरिहेको जनाएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस