Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियआममाफी पाएका ३ सय नेपाली बोकेर कुवेतबाट उडे दुई जहाज

आममाफी पाएका ३ सय नेपाली बोकेर कुवेतबाट उडे दुई जहाज


काठमाडौं, २९ जेठ । आममाफी पाएका नेपाली लिएर जजिरा एयरवेजका दुवै जहाज कुवेतबाट काठमाडौंका लागि उडेका छन् । उडान नम्बर जे९ १५४१ त्यहाँको स्थानीय समयअनुसार बिहान ४ बजे र जे९–१५४३ बिहान ६ बजे काठमाडौंका लागि उडेका हुन्।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार ती दुई उडानमार्फत आममाफी पाएका ३ सय नेपाली महिला नेपाल आउँदै छन्। उनीहरु कुवेतमा अवैध रुपमा रहँदै आएर आममाफी पाएका महिला हुन्। कुवेतले अवैध रुपमा रहँदै आएका झण्डै ३ हजार नेपालीलाई आममाफी दिएको छ।

कुवेत सरकारले उनीहरुलाई आफ्नै खर्चमा विमान चार्टरमार्फत नेपाल ल्याइदिने छ। दैनिक नियमित २ उडानमार्फत उनीहरुलाई स्वदेश फर्काइने स्रोतको भनाइ छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस