Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी साम्राज्यको पतन बिन्दु नोर्ड स्ट्रिम पाइपलाइन

अमेरिकी साम्राज्यको पतन बिन्दु नोर्ड स्ट्रिम पाइपलाइन


काठमाडौ । जुलाई २६का दिन जर्मनीको द वल्र्ड सन्डे अखबारले ‘युएस थ्रिटन्स जर्मन नोर्ड स्ट्रिम टु कन्ट्रयाक्टर्स’ शीर्षक अन्तर्गत अमेरिकी पक्षका लागि रूसी नोर्ड स्ट्रिम टु पाइपलाइन लामो समयदेखि एक काँडा रही आएको छ उल्लेख ग¥यो । साथै सो अखबारले अमेरिकीहरूले त्यो परियोजनामा संलग्न जर्मनी र युरोपियन कम्पनीहरूमाथि दबाब बढाउँदै आर्थिक नाकाबन्दीको घोषणा गरेका कारण जर्मनका राजनीतिज्ञहरू क्रोधित भएको जनायो ।

अमेरिकी सत्ताले जर्मनीले रूससँगको ग्यास पाइपलाइन सम्बन्ध कटौती गरी त्यसको ठाउँमा अमेरिकी कम्पनीको धेरै महँगो ग्यास लिनुपर्ने माग गरिरहेको छ । आर्थिक समस्यासँग जुधिरहेका अमेरिकी कम्पनीबाट जमर्नीले ग्यास किनोस भन्ने त्यो समाचार पत्रले उल्लेख गरेको छ ।

अमेरिकाले यसअघि जुलाई १५ तारिखका दिन देखि लागु हुने गरी द काउन्टरिङ अमेरिकाज एडभर्सरिज थ्रु स्याङसन एक्ट( काटसा) यो विषय कार्यान्वयन गराउन कानुन ल्यायो ।रूसी पाइप लाइप परियोजनामा जोडिएका कम्पनी र तिनका बैंकहरूलाई निर्माण कार्यमा सहभागी भए आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिइएको छ। यो आर्थिक नाकाबन्दी अनुसार ती कम्पनीहरूलाई अमेरिकी बजार र तिनका कामदारलाई अमेरिका प्रवेशमा पूर्ण रोक लगाइने छ ।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले वासिंटनमा आयोजित एक प्रेस सम्मेलनमा यस्तो जनाकारी गराएका थिए ।

जर्मनीको ऊर्जा कम्पनी युनिपरले युरोपको उर्जा सुरक्षाका लागि महत्वपूर्ण हुने विश्वास गरिएको महत्वपूर्ण पूर्वाधार परियोजनालाई अमेरिकाले अवमूल्यन गर्ने प्रयास गरिरहेको र यो युरोपियन सार्वभौमसत्तामाथिको स्पस्ट अतिक्रमण भएको जनायो । कम्पनीले काटसामा पुनर्विचार गर्न आग्रह समेत ग¥यो ।

युरोपेली संसदमा सीडीयु÷सीएसयु समूहका निर्देशक मरकस पिपर(सीडयु)ले वाणिज्य कानुन अनुसार अमेरिकाले दिएको आर्थिक नाकाबन्दीको चेतावनी एक स्पस्ट उल्लंघन भएको बताए । उनले काटसाको विस्तारले जर्मनी कम्पनीहरूका लागि सन् २०१७को इरानका लागि लगाइएको आर्थिक नाकाबन्दी सम्बन्धी कानुनजस्तो बनेको बताए ।जर्मनी र युरोपले यसको विरूद्धमा एक रणनीतिको विकास गर्नुपर्ने आवश्यकता आइपरेको उनले जनाए ।

पहिलो पटक अमेरिकी सत्ताले रूसलाई समाप्त पार्न पागल बनेको छ । ठीक त्यसैगरी युरोपका सहयोगी देश र विशेषगरी जर्मनीका लागि खतरा थोपर्न खोजेको छ ।

विश्व युद्ध दोस्रो पछिको इतिहासमा अभूतपूर्व टर्निङ बिन्दु आइपुगेको छ । जर्मनलाई गुमाएपछि अमेरिकी साम्राज्य समाप्त हुन्छ त्यसपछि यो रूसी सैनिक गठबन्ध विरोधी अमेरिकी सैनिक गठबन्धन नेटो र रूस विरोधी कुटनीतिक तथा आर्थिक गठबन्धनलाई समाप्त पर्ने कारण बन्ने छ ।

जुन ३०मा जर्मनीका ह्यान्डल्सब्लाट नामक अखबारले ‘फर्मर चान्सलर श्रोडरः युएसए एन्डिङ ट्रान्सएटलान्टिक पार्टनरसीप’ शीर्षकमा पूर्व चान्सलर श्रोडरले नोर्ड स्ट्रिम टु परियोजना विरूद्धको अमेरिकी नाकाबन्दीको भत्र्सना गर्ने बताएका थिए । श्रोडर गैररूढीवादी मुख्यधारको द सोसल डेमोक्रेट्सका नेता थिए र अहिले जर्मनीको मुख्य राजनीतिक धारको पार्टी सत्ताधारी कन्जरभेटिभ पार्टी सीडयु÷सीएसयुले अमेरिकी सत्ताले थपिरहेको आर्थिक नाकाबन्दीलाई वाणिज्य कानुनको उल्लंघन बताएर अस्वीकार गरेको छ । यसको बृहत्तर बुझाइमा जर्मनीको सत्ताधारी पार्टीले यसलाई युरोपेली सार्वभौम सत्तामाथिको स्पस्ट अतिक्रमण मानेको छ ।

यो जर्मनीको सर्वाभौमसत्तामाथिको अतिक्रमण प्राकारान्तरणले यो युरोपको सार्वभौम सत्तामाथिको अतिक्रमण हो किनभने जर्मनी युरोपको एक भाग हो ।

ट्रम्प प्रशासकले युरोपमाथि लगाएको यो नाकाबन्दी बाट पछि अमेरिकी राष्ट्रपति ट्रम्प आफै अमेरिकी सदनको ९० प्रतिशत मतको अपमान र अपहेलना गर्न पुग्छन् । यो कानुन पारित गर्न अमेरिकी सिनेट र हाउसको ९० प्रतिशतले मतदान गरेका थिए ।

यस्तो अवस्थामा अमेरिकी मतदाताले राष्ट्रपतिको चुनावमा उनका प्रतिद्वन्द्वी जो बिडनलाई मतदान गर्नेछन् । यो अमेरिकी घरानियाँ वा अर्बपतिहरूले दिएको आदेशको उल्लंघन हुनेछ । यस्तोमा अमेरिकी सत्ता टिक्न सक्दैन् ।
यस्तोमा ट्रम्पलाई कि त काटसा आर्थिक नाकाबन्दी कानुनको कार्यान्वयन गर्नुपर्छ कि त अटलान्टिक गठबन्ध छोड्नुपर्ने हुन्छ । एटलान्टि गठबन्धको समाप्ति पछि बिडन राष्ट्रपति भएपनि उनको हातमा अमेरिकी साम्राज्यको निरन्तरता आउने छैन् । जसले अमेरिकी सत्ताको पतनको निरन्तरता दिनेछ । त्यसैले यो इतिहासको एक टर्निङ बिन्दु हो ।

(इतिहासविद एरिक जीसेसको द युएस इम्पायर इज इन्डिङ अ टर्निङ प्वोइनट इन वल्र्ड हिस्ट्री शीर्षकमा लेखिएको आधारमा तयार पारिएको छ )।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस