Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकाला सागरमा अमेरिकी जासुसी विमान एकै सातामा तेस्रो पटक समातिए

काला सागरमा अमेरिकी जासुसी विमान एकै सातामा तेस्रो पटक समातिए


काठमाडौ । गर्मीको महिनामा पर्यटकका लागि पर्यटकहरूको आकर्षक केन्द बनिआएको काला सागर वा द ब्ल्याक सीमा यो पटक अमेरिकी जासुसी विमान एक सातामै तेस्रो पटक रूसी सेनाको रडारमा समातिएको छ ।

अमेरिकाको जासुसी विमान पी–८ए पोसिडनलाई रूसको सु–२७ले काला सागरमा पछ्याएको थियो ।रूसको विमानले रडारमा देखेपछि अमेरिकी जासुसी विमानलाई पछ्याउन थालेको हो ।

रडारले आकाशमा कुनै वस्तुलाई देखेपछि सु–२७ले त्यसलाई सुरक्षित दुरीमा रहेर पछयाएको र त्यो पी–८ए पोसिडन रहेको पत्ता लगाएको रूसी रक्षामन्त्रालयले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

अमेरिकी जासुसी विमानले बाटो फेरे पछि सु–२७ पुनः आफ्नो शिविरमा फर्केको थियो । सोमबार अघि यो विमान बिहीबार र शुक्रबार पनि काला सागरको आकाशमा फेला परेको थियो ।

हालका वर्षमा काला सागरमा अमेरिकी जासुसी विमान प्रायः जसो देखिन थालेको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस