इन्टरनेट मुद्रा ‘बिटकोइन’को मूल्य अकाशिदै
काठमाडौ । विश्वकै सर्वाधिक लोकप्रिय इन्टरनेट मुद्रा क्रिप्टोकरेन्सीको रूपमा चिनिएको ‘बिटकोइन’को मूल्य गत जुनको शुरूयता पहिलो पटक १० हजार अमेरिकी डलर प्रति कोइन भएको छ ।
सोमबार यसको मुल्य ग्रिनविचको १२ः३० बजे यसको कारोबार १० हजार २सय ७३ दशमलव ४१ अमेरिकी डलरमा भयो । २४ घन्टा अघि कारोबार भएको मूल्य भन्दा तीन प्रतिशतले बढेको कोइनडेस्कले जनाएको छ ।
जुन ३मा यसको मूल्य १० हजार नाघेको थियो । क्रिप्टोकरेन्सी इक्सचेन्ज लुनोको व्यवसासय प्रमुख विजय अइयरका अनुसार ठूला खेलाडीले सानालाई बिटकोइन बेच्ने विषयमा सोचिरहेका छन् ।
यस्तो भएमा मूल्य तल आउने र ठूला व्यापारीका लागि बढी किन्न पाउने अवस्था बन्ने छ । तर यस्तो हुने देखिदैन ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking