Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पको पार्टीद्वारा १० खर्ब अमेरिकी डलरको महामारी सुधार योजना सार्वजनिक

ट्रम्पको पार्टीद्वारा १० खर्ब अमेरिकी डलरको महामारी सुधार योजना सार्वजनिक


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कोरोनाभाइरस महामारीले ध्वस्त भएको अर्थतन्त्र सुधारका लागि अतिरिक्त १० खर्ब अमेरिकी डलर खर्च गर्ने सुधार योजना सार्वजनिक गरेको छ ।

१० खर्ब डलर खर्च योजनामा १ खर्ब अमेरिकी डलर विद्यालयका लागि छुट्टयाइएको छ भने अधिकांश अमेरिकीहरूको प्रोत्साहनका लागि १२ सय अमेरिकी डलर दिने योजना रहेको छ ।

अमेरिकाले महामारीका लागि २४ खर्ब अमेरिकी डलर खर्च गरिसकेको छ । तर अमेरिकी अर्थतन्त्रलाई जोगाउन त्यहाँका अर्थशास्त्रीहरुले अझ ठूलो परिमाणमा आवश्यता हुने बताएका छन् ।

तर प्रतिपक्षी डेमोक्रेट्सका नेताहरूले त्यसको आलोचना गरेका छन् । सरकारले गर्नुपर्ने काम नगरेको आरोप लगाएका छन् ।
रिपब्लिकन नेताहरूले परिवार र स्कूललाई सीधा भुक्तानी दिने योजनाले ठुलो सहयोग हुने बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


Leave a Reply

Your email address will not be published. Required fields are marked *