Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण

भारतमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण


काठमाडौं । भारतका मध्य प्रदेश मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस संक्रमण भएको छ । मुख्यमन्त्री चौहानले ट्वीट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् ।

मुख्यमन्त्री चौहानले भनेका छन्,‘ मलाई कोरोना लक्षण देखिएको थियो, परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । यसर्थ, मेरो सम्पर्कमा आउनु भएका सबैले कोरोना परीक्षण गराउनु होला । यस्तै मेरो सम्पर्कमा आउनु भएकाहरु क्वारेन्टाइनमा पनि बस्नु होला ।’ आफूले कोरोनाबाट जोगिन सबै नियमहरु पालना गरेको र डाक्टरको सल्लाह अनुसार सेल्फ आइसोलेसनमा बसेको पनि उनले उल्लेख गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #Corona

प्रतिक्रिया दिनुहोस