Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति ट्रम्पको सपना हन्ना हुरीले उडायो

अमेरिकी राष्ट्रपति ट्रम्पको सपना हन्ना हुरीले उडायो


काठमाडौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका मेक्सिको सीमामा पर्खाल बनाउने सपना हन्ना हुरीले उडाइ दिएको छ ।

दक्षिणी टेक्सासमा पर्ने अमेरिकी मेक्सिको पर्खालको एक हिस्सा हन्ना हुरीको अगाडि टिक्न नसकी ध्वस्त भएको हो । उनका आलोचकहरूले प्राकृतिकरूपमा धरतीमा कुनै सीमा हुँदैन भनी टिप्पणी गर्न थालेका हुन् ।

अमेरिका मेक्सिको सीमा लगाइएको बारको ध्वस्त भएको हिस्साको पहिलो भिडियो जारी गर्ने मध्येका एक याडिथ भाल्देजले लेखेका छन् “ प्राकृतिक प्रकोपका अगाडि कुनै सीमा हुँदैन” ( फर द फरी अफ नेचर ,देअर आर नो बोडर्स)

अमेरिकी प्रशासनले लगाउने योजना विरूद्ध प्रकृति वा इश्वरले हस्तक्षेप गरी दिएको उनका धेरै आलोचकहरूले टिप्पणी गरेका छन् ।

तर यो भिडियो यो महिनाको शुरूको हो वा कहिल्यै बनाइएको हो तत्काल थाहा हुन नसकेको हो । साथै यो पर्खाल कुनै नीजी निर्माणको हिस्सा हो ।

ट्रम्पले नीजी अभिप्रेरणाबाट आफूलाई टाढा राखेका छन् । ट्रम्प प्रशासनले अमेरिका मेक्सिको सीमा पर्खाल बनाउन १.७ अर्ब अमेरिकी डलर बराबरको ठेक्का दिएको समाचारमा यसअघि जनाइएको थियो ।

जुलाई १३मा ट्रम्पले ट्विट गरी नीजी समूहद्वारा खडा गरिएको पर्खालको हिस्साको विषयमा असहमति जनाएका थिए । उनले भनेका थिए “ म कुनै नीजी समूहबाट यो पर्खालको साना हिस्सा खडा गरिएको विषयमा सहमत छैन् ।…..”


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस