Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी सहर सियाटल प्रदर्शन उग्र, प्रहरीद्वारा दंगा घोषणा

अमेरिकी सहर सियाटल प्रदर्शन उग्र, प्रहरीद्वारा दंगा घोषणा


काठमाडौ । अमेरिकी सहर सियाटलको प्रहरीले त्यहाँको प्रदर्शनलाई दंगा घोषणा गरेको छ ।

प्रदर्शनकारीहरुले कार्यालय भवन तोडफोड गरी आगजनी गरेका छन् । सार्वजनि सुरक्षाको जोखिमबाट जोगाउन त्यहाँको स्थानीय प्रहरीले यसलाई दंगा घोषणा गरेको हो ।

किङ काउन्टीमा निर्माणस्थल क्षेत्रलाई प्रदर्शकारीहरुको एक समूहले आगो लगाइ दिए । अन्य प्रदर्शनकारीहरुले शहरका पाँच विभागलाई आगो लगाइ दिएका छन् ।

सरकारी अधिकारीहरुमाथि ढुंगामुढा गरिएको छ । बोतलमा विस्फोटक पदार्थ हाली फालिएको छ ।

अधिकारीहरुका अनुसार कम्तीमा ११ जनालाई पक्राउ गरिएको छ । यो प्रदर्शन नियन्त्रणको क्रममा परिचालित तीन जना प्रहरीघाइते भएका छन् ।

यो प्रदर्शनका विभिन्न भिडियो समाजिक सञ्जालमा राखिएका छन् । अमेरिकाका विभिन्न शहरमा यस्ता प्रदर्शनहरु यता केही दिनदेखि हुँदै आएको देखिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस