Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविश्वभर कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

विश्वभर कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था


विश्वमा शनिबारसम्म १ करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरसका कारण विश्वभरमा ६ लाख ४३ हजार ४० जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जानकारी दिएको छ । संक्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति उपचारपछि निको भएका छन् । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको यस भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४२ लाख ४८ हजार ४९२ जना संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४८ हजार ४९२ व्यक्तिको मृत्यु भइसकेको छ । दक्षिण अमेरिकामा ३६ लाख २६ हजार ६०५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । त्यहाँ १ लाख ३१ हजार १५५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४९ लाख ८१ हजार ४३७ जना संक्रमित रहेका छन् । त्यहाँ २ लाख ५ हजार ९६८ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख ५९ हजार ७३२ जना संक्रमित रहेका छन् भने २ लाख १ हजार १२४ को मृत्यु भएको छ । एसियामाा ३७ लाख ५७ हजार ५८० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ । अफ्रिकामा ८ लाख १४ हजार १६५ जनामा भाइरस संक्रमण रहेको छ भने १७ हजार १४६ जनाको मृत्यु भएको छ । ओसियानामा १५ हजार ६४७ जनामा संक्रमण रहेको छ भने १६७ जनाको ज्यान गएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #Corona, #hot


प्रतिक्रिया दिनुहोस