Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा अनिवार्य मास्क लगाउन निर्देशन

अमेरिकामा अनिवार्य मास्क लगाउन निर्देशन


अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्यरुपमा मास्क लगाउन निर्देशन दिएको छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्दै घरबाट बाहिर निस्किँदा मास्क लगाउन भनेका हुन् । यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका थिए ।

अमेरिकाका संक्रामक रोग विशेषज्ञहरुले त्यहाँको राज्य र स्थानीय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गर्नुपर्ने आदेश दिन माग गरेका थिए । उनीहरुको यो प्रयासपछि न्युयोर्कका मेयरको यो आदेश आएको बताइएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा न्युयोर्कका मेयरले जोड दिदै आएका छन् ।

अमेरिकामा मास्क प्रयोग गर्ने विषय सुरुदेखि नै एक प्रकारको राजनीतिक मुद्दा बनेको छ । मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने विषयमा त्यहाँ मतान्तर देखिंदै आएको छ । अमेरिकामा कोरोनाबाट विश्वमा सबैभन्दा बढी मानिस प्रभावित भएका छन् । हाल अमेरिकामा मात्र ४१ लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण त्यहाँ १ लाख ४६ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस